फ्राइडे रिलिज : ‘नाइके’ र 'रंग वैजनी”

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र ‘नाइके’ र ‘रंग वैजनी” रिलिज भएको छ । शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘नाइके’र “रंग वैजनी”को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियो सहित )
‘नाइके’
naike -namastefilmyफ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार बाट सिनेमा घरमा नेपाली कथानक चलचित्र ‘नाइके’ रिलिज भएको छ । नेत्र गुरुङले निर्देशन गरेको चलचित्र ‘नाइके’मा आर्यन सिग्देल ग्याङस्टार ‘नाइके’को रुपमा देखिएका छन् । फिल्ममा आर्यनका अलवा सुरबिना कार्की, रेम रसाइली, बोधराज रेग्मी लगायतको अभिनय छ । बिष्णु हमाल कार्यकारी निर्माता रहेका फिल्ममा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षेत्रीले पनि लगानी गरेका छन् । अर्जुन तिवारीले खिचेको फिल्ममा रोहन नेपालीको नृत्य, सानु महर्जनको द्धन्द तथा ताराप्रकाश लिम्बु, योगेश काजी र रमण गायकको सँगीत रहेको छ ।

“रंग वैजनी”
ranga baijaniतेस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र “रंग वैजनी”पनि प्रदर्शनमा आएको छ ।चलचित्र ‘रंग बैजनी’ मार्फत १२ वर्षको अन्तरालपछि शम्भु प्रधान चलचित्र निर्देशनमा फर्किएका हुन् | ‘रंग बैजनी’लाई नुतन टेलीफिलिम्सको ब्यानरमा नुतन प्रधानले निर्माण गरेकी हुन् । चलचित्रमा गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्कीको मुख्य अभिनय रहेको छ । शम्भु प्रधानका छोरा शशांक प्रधानले यस चलचित्र मार्फत सिनेम्याट्रोग्राफीमा डेब्यु गरेका छन् ।चलचित्रमा नुतन प्रधानको कथा,शब्द तथा कोरियोग्राफी , मित्र गुरुङको सम्पादन र दीपप्रधानको संगीत रहेको छ |

Namaste Filmy

Read Previous

रेखाले कसलाई भनिन खाली सिउदो भरे हुन्छ हेर्नुहोस (भिडियो सहित )

Read Next

पपस्टारले गरे महिलाको गोप्य अंगबाट मोबाइल चार्ज ।