संयमको आँखामा आँशु किन ? भिडियो ।

पौष २५ गते रिलिज मिति तय गरिएको फिल्म आभाष को ट्रेलर रिलिज गरिएको छ । बिशुद्ध माया प्रेमको कथामा बनेको फिल्मको ट्रेलरमा पनि माया प्रेम, त्याग र समर्पणलाई नै चित्रण गरिएको छ । ट्रेलरमा फिल्मका प्राय सबैजसो कलाकारहरु फिचरिङ छन । avass-namastefilmy1फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन भने गोविन्द शाही र दिपक शाहीले मिलेर निर्माण गरेका हुन् । फिल्ममा निशा अधिकारी,संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, प्रकृति श्रेष्ठ, सुनिल रावल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्धन्द्ध तथा निर्देशक सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । रोमान्टिक ड्रामा श्रेणी को चलचित्र ‘आभाष’क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको हो ।

Namaste Filmy

Read Previous

पपस्टारले गरे महिलाको गोप्य अंगबाट मोबाइल चार्ज ।

Read Next

शुभमुहुर्तसँगै 'हाउ फन्नी' छयांकन सुरु ।