मुम्बईको फिल्म स्टुडियोमा भीषण आगलागी ।

chitra-studio-mumbai
तस्वीर: आज तक

मुम्बईको उपनगरीय इलाका पोवईको एक फिल्म स्टुडियोमा शनिबार भीषण आगलागी भएको छ । पोवई स्थित चित्रा फिल्म स्टुडियोमा दिउँसो करिब साढे एक बजेतिर आगलागी भएको हो । स्टुडियोको ग्राउन्ड फ्लोर आगलागीबाट पुर्ण क्षति भएको छ ।
आगलागी भएको खबर पाएलगतै नियन्त्रणका लागी चार वटा दमकल घटनास्थल पुगेका थिए । दमकलकर्मी र प्रहरीको सक्रियतामा केहि घन्टामै आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कुनै गम्भीर मानवीय क्षति भने नभएको बताइएको छ ।
आगलागी हुँदा सुन्दर स्थानमा रहेको उक्त स्टुडियोमा कयौ टिभी कलाकार सुटिङ गरिरहेका थिए । सुटिङको लागी तयार पारिएको सम्पुर्ण सेटहरु आगलागीमा ध्वस्त भएको बताइन्छ । आगलागीको कारण बिद्युत सर्ट भएको हुन सक्ने बताइएको छ ।

Namaste Filmy

Read Previous

निश्मा र गजितको रोमान्स । 'लभ यु बाबा' गीत रिलिज ।

Read Next

सोनाक्षी सिन्हा पनि नेपाल आउँदै ।