भारतीय मिडियामा मनोज गजुरेलको चर्चा ।

[dropcap][/dropcap]र्चित नेपाली हास्यब्यङग्यकार मनोज गजुरेलको चर्चा अब नेपालमा मात्र रहेन । उनले गरेको प्रहसन र अभिनयको तारिफ गर्दै चर्चित भारतीय अखबार हिन्दुस्तान टाइम्सले एक सामाग्री प्रकाशन गरेको छ ।monoj_gajurel पत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिषयमा गजुरेलले गरेको ब्यङग्यात्मक प्रहसन र उनको तारिफ गर्दै सामाग्री प्रकाशन गरेको हो । ‘हेर्नुहोस को बोल्दैछः मोदी क्यारिकेचर नेपालमा हिट’ शिर्षकमा पत्रिकाले प्रकाशन गरेको सामाग्रीमा गजुरेलको कलाको तारिफ गरिएको छ ।
“Mitro, Nepal aur Bharat ki mitrata hamare Soniaji ki sari aur Sushilji ke daadi se bhi acchi hai.” गजुरेलको यस वाक्यलाई पत्रिकाले प्रथामिकताका साथ प्रकाशन गरेको छ । गत अगस्टमा मोदी नेपाल भ्रमणमा आएपछि गजुरेलले मोदीको नक्कल गर्ने फैसला गरेको पत्रिकाले लेखेको छ । तर मोदीको क्यारिकेचर, ड्रेस तथा बडी ल्याङवेज गजुरेलको लागी सजिलो नभएको पनि पत्रिकाले उल्लेख गरेको छ ।
भारतीय मिडियाले आफ्नो चर्चा गरेको प्रति गजुरेलले भने ब्यङग्यात्मक शैलीमा खुशी ब्यक्त गरेका छन ।

हिन्दुस्तान टाइम्सको सामाग्री पढ्नको लागी यो लिङकमा जानुहोस ।

Namaste Filmy

Read Previous

सोनाक्षी सिन्हा पनि नेपाल आउँदै ।

Read Next

बन्ने भयो 'रोल्पा रोग' ।