दिलीपको स्वास्थ्यमा सुधार हुँदै ।

dilip-kumarएक जामानाको मशहुर बलिउड अभिनेता दिलीपकुमारको स्वास्थ्यमा क्रमश सुधार हुदै आएको छ । उनी निमोनियाको संक्रमणपछि शनिबार उपचारको लागी अस्पाताल भर्ना भएका थिए । यसअघि सर्दी र खोकीको उपचार गराइरहेका उनलाई अचानक निमोनिया भएको थियो ।
पारिवारिक स्रोतका अनुसार दिलीपलाई अहिले लिलावती अस्पातालको सामन्य कक्षमा राखिएको छ । शनिबार ९१ बर्षीय यी अभिनेतालाई आइसीयुमा भर्ना गरिएको थियो ।
अस्पातालका प्रवक्ताका अनुसार दिलीपको अवस्था क्रमश सुधार भइरहेको छ । उनलाई गत बर्ष सेप्टेम्बरमा पनि हृदयघात भएपछि अस्पाताल भर्ना गरिएको थियो ।
बलिउडमा ट्रयाजिटि किङको रुपमा चिनिने दिलिपले देवदास, मधुमति, मगल ए आजम, गंगा जमुना लगायत कयौ हिट फिल्ममा अभिनय गरेका छन । पकिस्तानमा जन्मिएका उनले ज्वार भाट बाट बलिउड यात्रा थालेका थिए ।

Namaste Filmy

Read Previous

बन्ने भयो 'रोल्पा रोग' ।

Read Next

HIV संक्रमितलाई सहयोग गर्दै 'जिन्दगी रक्स' ।