चलचित्र “मिस नेपाल” बैशाख ५ गते अल नेपाल रिलिज

राजेन्द्र कार्की÷हेटौंडा, फागुन १२
बहुप्रतिक्षित र मिडियाहरु मार्फत अत्यधिक चर्चा परिचर्चा बटुल्न सकेको नारी संघर्षमा आधारित चलचित्र मिस नेपाल रिलिज डेट सरेको छ । फागुण १६ गते देखि प्रर्दशन गरिने तयारी भइरहेता पनि हलहरुको अप्रयाप्तताका कारण बेशाख ५ गते अल नेपाल प्रर्दशन गरिने डेट फिक्स भएको निर्मात्री तथा नायिका शुभेच्छा थापाले बताउनु भएको छ ।पटकथा संवाद नवल नेपालको रहेको छ भने कथा लेखन कार्य पनि स्वयं शुभेच्छा थापाले गर्नु भएको छ । 1937851_445729798890397_1086785960_nहाम्रो समाजमा एउटा महिला सफल हुन के कस्ता पापड बेल्नु पर्दछ र वास्तवमा सफलताको लागि के गर्नु पर्दछ भन्ने विषयवस्तुलाई चलचित्र मार्फत प्रस्तुत गर्न खोजिएको पनि निमात्री तथा नायिका थापाले बताउनु भएको छ । सह–नायिका क्षितिजा शाक्य हुन भने अन्य कलाकारहरुमा कल्याण घिमिरे, सुरज सिजापती, सोनु केसी, सविन श्रेष्ठ, बिमला गीरी, रश्मी भट्ट, पंकज जोशी लगायतका अभिनय रहेको चलचित्रको निर्देशन सुरेन्द्र तुलाधरले गर्नु भएको छ । प्रमुख क्यामेरा पर्सन दिब्य सुवेदी रहेका छन् भने नृत्य निर्देशन साइमन राजवंशीको रहेको छ । संगित अर्जन पोख्ररेल र विकास चौधरीको रहेको छ भने शब्द शंकर अधिकारीको रहेको छ । राजधानी लगायत देशका केहि शहरहरुमा च्यारिटी सोको रुपमा प्रर्दशन गरिएको चलचित्रको दर्शकहरुबाट राम्रो फिड व्यक पाकेको हुँदा चलचित्रले राम्रो ब्यावसाय गर्ने छ भन्नेमा विश्वस्त रहेको पनि निमात्री तथा नायिका शुभेच्छा थापाले नमस्ते फिल्मीलाई बताउनु भएको छ ।

Namaste Filmy

Read Previous

सवैभन्दा बढि कमाउछन हलिउड अभिनेत्री एन्जेलिना जोली ।

Read Next

प्रतिक्षा बनिन् डान्सिङ स्टार