'टाइम्स सेलेबेक्स'मा शाहरुख र दिपीका नम्बर १ ।

Shahrukh-Khan-Deepika-Padukoneटाइम्स सेलेबेक्स वेभसाइटको सर्वेक्षणअनुसार बलिउड बादशाह शाहरुख खान र नायिका दिपिका पादुकोण नम्बर १ बन्न सफल भएका छन ।
ऋतिक रोशन, अभिषेक बच्चन, सलमान खान र अक्षयकुमारलाई पछि पार्दै शाहरुख पहिलो बन्न सफल भएका हुन । सर्वेक्षणमा शाहरुखले ६८ अंक पाए भने ऋतिक ६१, अभिषेक ४४.५, सलमान ३६ तथा अक्षयकुमार ३५.३ अंकमा सिमित रहे ।
त्यस्तै नायिका तर्फ दिपिका पादुकोणले कैटरिना कैफ, श्रद्धा कपुर, करिना कपुर र प्रियंका चोपडालाई पछि पारेकी हुन । दिपिकाले ६५ अंका पाइन भने कैटले ६०, श्रद्धाले ३२, करिनाले ३० र प्रियंकाले २९ अंका मात्र पाउन सफल भए ।
टाइम्स सेलेबेक्सको सुचि सेलेब्रेटीको बक्सअफिस क्रेज, समाचारमा उनीहरुको उपस्थिति, बिज्ञापन तथा सोसल नेटवर्किगमा उनीहरुको ब्यापकता र उनीहरुको इन्टरनेटमा सक्रियताको अधारमा तयार पार्ने गरिन्छ ।

Namaste Filmy

Read Previous

रोकिएको 'तितो सत्य' एपिसोड प्रसारण हुने ।

Read Next

सञ्चिता र किशोरको 'आरोप' शुभमुहुर्त ।