प्रतिक्षा बनिन् डान्सिङ स्टार

चितवन, फागुन १२
चितवन उद्योग संघको आयोजनामा भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० अन्तरगतको डान्सिङ स्टार सनफ्लावर इङगलिस बोर्डिङ स्कूलकी प्रतिक्षा पौडेल भएकी छिन् । आज भएको फाईनल प्रतिस्पर्धामा ६ जना प्रतिस्पर्धीलाई पछि पार्दै पौडेलले डान्सिङ स्टारको उपाधि जितेकी हुन् । निर्णायकको मतको आधार डान्सिङ स्टार छनौट गरिएको हो । डान्सिङ स्टारको उपाधिसंगै पौडेलले नगद २५ हजार एक सय ५१ रुपैया“ पुरस्कार पाईन् ।
प्रतिक्षा पौडेल
Pratikchaya Poudel 1stत्यस्तै प्रतियोगितामा अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टकी सम्सा श्रेष्ठ द्वितिय भईन् । उनले नगद १५ हजार एक सय ५१ रुपैया“ पुरस्कार पाईन् । यसैगरी अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टकी रेविना गिरी तृतीय, बालकुमारी कलेजकी रेशा आले र पञ्चकन्या उच्च माविकी पूजा रसैली सान्त्वना स्थान हासिल गरिन् । तृतीय हुन सफल गिरीले नगद ७ हजार १ सय ५१ र सान्त्वन हुन सफलद्वय आले र रसैलीले नगद ४ हजार १ सय ५१ रुपैया“ प्राप्त गरे ।
सम्सा श्रेष्ठ
??????????विजेता सबैलाई आजै समापन समारोहमा पुरस्कृत गरिएको छ । प्रतियोगितामा विभिन्न विद्यालय, कलेजका गरि अडिसन राउण्डबाट छनौट गरिएको २५ जना विद्यार्थीहरु डान्सिङ स्टारमा सहभागिता जनाएका थिए । पहिलो राउण्डबाट १२ जना र दोस्रो राउण्डबाट ७ जना छनौट गरिपछि अन्तिम प्रतिस्पर्धा गराइएको थियो । पहिलो राउण्ड र दोस्रो राउण्डमा प्रदर्शनी अवलोकन गर्न आएका दर्शकहरुको भोटिङको आधारमा छनौट गरिएको थियो भने अन्तिम प्रतिस्पर्धाबाट भने पा“च जना निर्णायकको आधारमा डान्सिङ स्टार छनौट गरिएको कला तथा सा“स्कृतिक व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठले जानकारी दिनुभयो ।
रेविना गिरी
??????????
अन्तिम प्रतिस्पर्धाको मुख्य निर्णायकमा वरिष्ठ नृत्य निर्देशक रमेश राना, निर्णायकहरुमा कला तथा स“स्कृति व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठ, सह–संयोजक युवराज पौडेल, चितवन उद्योग संघका महासचिव राजु पौडेल र रत्ननगर कलामन्दिरका अध्यक्ष एवं नृत्य निर्देशक राम रिमाल रहेका थिए ।

Namaste Filmy

Read Previous

चलचित्र “मिस नेपाल” बैशाख ५ गते अल नेपाल रिलिज

Read Next

एन आर एन अध्यक्षलाई सुमन दहालले बनाए मोडल ।