सर्यो आर्यन र गजितको 'पुनर्जन्म' ।

punarjanmaयसअघि फाल्गुन १५ गते रिलिज गरिने भनिएको फिल्म ‘पुनर्जन्म’को रिलिज मिति एक हप्ता सरेको छ । नयाँ मितिअनुसार अब फिल्म फाल्गुन २२ गते रिलिज हुनेछ ।
निर्माता मोहनकृष्ण श्रेष्ठका अनुसार १५ गते स्व. निर्देशक आलोक नेम्वाङको फिल्म अझै पनि रिलिज हुने भएपछि आफुहरु पछि हटेको बताए । दिवंगत भइसकेको निर्देशक आलोकको सम्मानमा आफुहरुले उक्त मिति छोडेको उनको भनाई छ । उनले अन्य निर्मातालाई पनि उक्त मितिमा फिल्म प्रदर्शन नगरिदिन आग्रहसमेत गरे ।
एम के इन्टरटेन्टमेन्टको प्रस्तुती रहेको फिल्ममा आर्यन सिग्देल र गजित विष्टको मुख्य भुमिका छ । उनीहरु दुवैले फिल्ममा आर्मीको भुमिकामा अभिनय गरेका छन । आर्यन र गजितसँगै केकी अधिकारी, सुस्मिता शाही, मिथिला शर्मा लगायतको अभिनय फिल्ममा रहेको छ । सजन श्रेष्ठले निर्देशन गरेको फिल्मका निर्माताहरु मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाही हुन । फिल्ममा बसन्त सापकोटाको सँगीत, अष्ट महर्जनको द्धन्द तथा सुदर्शन श्रेष्ठको कथा रहेको छ ।

Namaste Filmy

Read Previous

ओबामाको प्रेम कहानीमा फिल्म बन्ने ।

Read Next

अक्षयकुमारले आफ्नै फ्यानलाई थप्पड हानेपछि ।