मैले धेरै दुःख गरेर सानै उमेरमा राम्रो चलचित्र निर्देशन गरेको छु :निर्देशक सौगत बिष्ट

श्रीराम अर्जुन,
यहि शुक्रबार बाट प्रदर्शनमा आउने लागेको चलचित्र “लभ यू बाबा”लाई विश्वकै कान्छा निर्देशक सौगत बिष्टले निर्देशन गरेका हुन् ।आठ बर्ष उमेरमा नै चलचित्र निर्देशन गरेर बिश्वकै सबैभन्दा कान्छा निर्देशक बनेका सौगत बिष्ट सग नमस्ते फिल्मीका श्रीराम अर्जुनले गर्नुभएको कुराकानीको केहि अशंः
saugat१. आजभोलिको व्यस्तता ?
आजभोलिको व्यस्तता भन्नुपर्दा मेरो पहिलो चलचित्र “लभ यू बाबा” यहि मंसिर २६ गते देखि काठमांडौमा र बाहिरका शहरहरुका हलहरुमा प्रदर्शन हुदैछ त्यसैको तयारी र प्रचारप्रसारमा नै व्यस्त छु ।
२. चलचित्र लभ यू बाबा कस्तो खालको चलचित्र हो ?
यसमा चाँहि बाबु र छोरीको लभस्टोरी छ । यो एउटा पारिवारिक कथावस्तुमा रहि बाबु र छोरीबीचको सम्बन्ध देखाइएको छ । आमाको मायाबाट बन्चित छोरी र छोरीको विभिन्न मागमा रुमलिएको बाबुको कथावस्तुमा रहेको छ ।
३. तपाँई विश्वकै कान्छा निर्देशकको रुपमा चिनिदैँ हुनुहुन्छ, कस्तो महसुस भइरहेको छ ?
धेरै राम्रो लागिरहेको छ, किनकी मैले आफ्नो क्षमताले भ्याएसम्म चलचित्र निर्देशन गरेको छु । र यस गरे वापत गीनिज बुक अफ वल्र्ड रेर्कडमा नाम लेखाउने तयारी गर्दा एकदमै खुसी छु ।
४. यस क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
म पाँच बर्षको हुँदा एउटा विज्ञापन खेले, र पछि कखरा मा अभिनय गरेपछि अनि सुरुवात भयो मेरो क्षेत्रमा काम ।
५. दर्शकले लभ यू बाबा हेर्नुनै पर्ने के छ त्यस्तो ?
दर्शकले लभ यू बाबा हेर्नुनै पर्ने के छ भने यो पारिवारिक चलचित्र हो । र बुबा र छोरीको माया चलचित्रको कथा छ । यसमा मैले देखाएको क्षमता कस्तो रैछ भनेर हेर्ने र मलाई सुझाव दिने किनकी आगामि फिल्ममा मैले केहि सुधार गर्न पाँउ ।
६. तपाँइ कत्तिको विश्वस्त हुनुहुन्छ तपाइको फिल्म चल्छ र तपाईलाइ नि चलाउँछ भनेर ?
९९ प्रतिशत विश्वस्त छु १०० नै चाँहि छैन । फिल्म किन चल्छ भने यसमा सबै कुराहरु छन् । यसमा गीतसंगीत, नाँच फाईट, कथा र उत्कृष्ठ अभिनय भएको फिल्म हो, यो फिल्म चल्छ । अब म दुई दुई बर्षको फरकमा फिल्म निर्देशन गर्छु र म पनि चल्छु ।
love u baba2७. सानै उमेरमा पहिलो चोटि फिल्म निर्देशन गर्दा कत्तिको गाह्रो महसुस भयो ?
अलि अलि गाह्रो त भयो नै तै पनि सबै अंकलहरुले हेल्फ गर्नुभयो र मैले भनेको मान्दिनु भयो त्यसैले त्यति गाह्रो महसुस भएन्, ।
८. सानै उमेरमा निर्देशक नै बन्छु भन्ने सोच कसरी आयो ?
ब्याङलोरको कृशन श्रीकान्त भन्ने व्यक्तीले ९ बर्ष उमेरको बेलामा उसले फिल्म निर्देशन गरेको थियो र त्यहि भएर मैले नि गर्न सक्छु कि भन्नेर सोच बनाए । मैले बाबालाई भने र पत्रकार अंकल संग पनि भने अनि लभ यू बाबाको तयारीमा जुटे ।
तपाईको फिल्मले राम्रो व्यापार गरोस भन्ने चाहानु हुन्छ कि गीनिज बुक अफ वल्र्ड रेर्कडमा नाम लेखे मात्र हुन्छ जस्तो लाग्छ ?
मैले फिल्म निर्देशनले गर्दा खेरी गीनिज बुक अफ वल्र्ड रेर्कडमा नाम लेखाउन नपाए पनि मेरो फिल्मले राम्रो व्यापार गर्नुपर्छ जस्तो लाग्छ ।
१०. नेपाली दर्शकहरुबाट के अपेक्षा राख्नुभएको छ नि ?
मैले ८ बर्षको उमेरमा फिल्म निर्देशन गरेको छु । उँहाहरुले यो फिल्म हेरिसकेपछि मलाई सुझाव दिनुहुन्छ र माया गर्नुहुन्छ भन्ने अपेक्षा त छ । एउटा पारिवारिक फिल्म भएकाले हेर्नुहुन्छ होला सायद, फिल्म हेरिसके पछि नराम्रो लागे मलाई भन्नुस राम्रो लागे अरु अंकल अंन्टिलाई भन्नुस ।
११. कसरी विश्वास गर्ने दर्शकले ८ बर्षको उमेरको बालकको फिल्म राम्रो छ भनेर ?
हेर्नुस श्रीराम अंकल,मैले कसरी विश्वास दिलाउने अंकल अंन्टिलाई भने हजुर जस्तै अरु पत्रकार अंकलहरुले मैले गरेको कामको विवरणहरु यूवट्यूवमा, टि.भी, पत्रिकामा छाप्नुभएको छ । यदि मैले नगरेको भए सायद हाल्नुहुन्थयेन होला नि होईनर ? मैले आफ्नो क्षमता देखाएको छु मेरो कामको शंका नगर्नुहोला भन्छु ।
१२.निर्देशन गर्नुअघि के के तयारी गर्नुभयो ?
मैले बाबा र काकुसँग तालिम लिए । दिव्यराज सुबेदीसँग र गोविन्द सिंह भण्डारी संग टे«निङ लिएपछि सबै कुरा थाहा पाँए र फिल्म
निर्देशन गरे ।
१३ . नेपाली फिल्म बनाउने निर्देशकलाई के भन्नुहुन्छ ?
जो जो डाईरेक्टर अंकल हुनुहुन्छ नि उँहाहरुलाई म के भन्नचाहान्छु भने हजुरहरु मैले जस्तो फिल्म बनाउन सक्नुहुन्न, कि म भन्दा राम्रो बनाउनु हुन्छ कि त म भन्दा नराम्रो । त्यसैले राम्रो बनाउनुस भन्छु ।
१४ . अन्तमा फिल्म हेर्ने दर्शकलाई के भन्नु हुन्छ ?
मैले धेरै दुःख गरेर सानै उमेरमा राम्रो चलचित्र निर्देशन गरेको छु । बाबु र छोरीबीचको माया कथावस्तुरहेकाले एकचोटि हेर्नुहोला मंसिर २६ गतेबाट हलमा चल्छ यो फिल्म ।

Namaste Filmy

Read Previous

नायिका अनु जन्म दिन मनाउँदै

Read Next

पुजा भट्टले पनि गरिन् सम्बन्धबिच्छेद ।