पोखरेली दर्शकहरुले मनपराए झोला

शुसन घिमिरे , पोखरा
कृष्ण धरावासीको कृतिमा आधारित चलचित्र ‘झोला’ हिजो बाट देशभरका हलहरुमा प्रर्दशन भईरहेको छ । करिब १०० बर्ष अघि नेपाली समाजमा व्यप्त सती प्रथालाई फिल्मले पर्दामा उतारेको छ ।सती प्रथा कायम रहंदा नारी ले भोग्नुपरेको पिडा अनि सन्तान ले गुमाएको आमाको माया र स्नेह लाई चित्रण गरिएको छ ।विशेष प्रदर्शनीमा फिल्म झोला ले राम्रो प्रतिक्रिया पाए पछि फिल्म लाई सार्वजनिक प्रर्दशनमा दर्शक हरुले रुचाउने बिश्वास लिईएको थियो । प्रदर्शनको पहिलो दिन फिल्म ले कुनैपनि शो हलमा हाउसफुल हुन सकेन तर दोस्रो दिन भने फिल्मले पोखरा लगायत अन्य सहर हरुमा दर्शक हरुको राम्रो साथ पाएको छ ।माउथ पब्लिसिटीले आगामी दिनमा फिल्म हेर्न दर्शकको घुइँचो लाग्ने अपेक्षा गरिएको छ । पोखराको श्री कृष्ण चलचित्र मन्दिरमा शनिबार बिहानी शो हर्ने आउने अधिकांश दर्शक रुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् । 1004711_289056094576353_853499654_n
फिल्म हेर्न आउने अधिकांश दर्शक हरुले अभिनेत्री गरिमा पन्तको अभिनयलाई मन पराएका छन् ।बिदाको दिन भएकाले फिल्म हेर्नका लागी हलमा आउने दर्शकहरु मध्ये अधिकांश बिद्यार्थी रहेका थिए । रामगोपाल थापा, राज तिमिल्सिना र सुशील शाहको संयुक्त लगानी रहेको फिल्म झोला मा गरिमा पन्त, सुजल नेपाल, दीपक क्षेत्री, लक्ष्मी गिरी, देशभक्त खनाल, प्रल्हाद खतिवडा पनि लगाएत कलाकार हरुले अभिनय गरेका छन् । दीपक आलोकको पटकथा रहेको चलचित्रमा जेसन कुंवरको संगीत रहेको छ भने चलचित्रलाई दिपक बज्राचार्यले खिचेका हुन् । झोला यादव भट्टराईको निर्देशनमा बनेको चलचित्र हो

Namaste Filmy

Read Previous

चलचित्र टाइगर द रियल हिरोको छयांकन सम्पन्न : राजु गिरीलाई अल्छी भन्नेहरुलाई गतिलो झापड

Read Next

भ्यालेन्टाइन डे नजिकिदै गर्दा प्रपोज डे को अवसर पारेर निर्देशक राजु गिरीले नायिका समिक्षा अर्याललाई प्रेम प्रस्ताब राखे ..