एन आर एन अध्यक्षलाई सुमन दहालले बनाए मोडल ।

फाल्गुन १२ ।

gggचलचित्र निर्देशक एवं सञ्चारकर्मी सुमन दहालले म्युजिक भिडियो निर्देशन गरेका छन । नेपाल चलचित्र पत्रकार संघको कोषाध्यक्ष समेत रहेका दहालले भिडियोमा एन आर एन अध्यक्षलाई मोडल बनाएका छन ।  भिडियोमा एन आर एन अध्यक्ष सुवास खरेल र उनको श्रीमति मोडलको रुपमा देखिएका हुन । तुलसी एल्बममा समावेश समयको दास रहेछ जिन्दगी बोलको यस गीतको सम्पुर्ण छयांकन इजरायलमा गरिएको हो । शिव परियारको स्वर रहेको गीतमा बसन्त सापकोटाको संगीत र सुमन कार्कीको शब्द रहेको छ । भिडियोलाई विपिन तामाङले खिचेका हुन भने श्रीराम महतले सम्पादन गरेका हुन ।

Namaste Filmy

Read Previous

प्रतिक्षा बनिन् डान्सिङ स्टार

Read Next

एकै दिनमा तीनवटा फिल्ममा साइन गरे सबिनले ।