ऋतिक रोशनले फेरी विवाह गर्ने ।

hrithik-roshanबलिउड स्टार ऋतिक रोशनले पत्नी सुजैनसँगको सम्बन्ध टुटेको घोषणा गरेको एक बर्ष भइसकेको छ । उनीहरु कानुनी रुपमै डिभोर्स भएको पनि केहि महिना भइसकेको छ । आजभोली ऋतिकलाई एक्लै जिउने बानी परिसकेको धेरैले अनुमान लगाइरहेका छन ।
तर टैरो कार्ड बिशेषज्ञ श्रद्धा सल्लाले ऋतिकले अर्को विवाह गर्ने बताएका छन । उले ऋतिकको कार्डमा विवाहको योग रहेको बताएका हुन । उनका अनुसार १० जनवरीमा जन्मिएका ऋतिकमा सुर्यको खास प्रभाव छ र उनले सधै उज्वल गुण देखाउँदछ ।
आउने जन्मदिनमा ऋतिक ४१ बर्षमा प्रवेश गर्नेछन र मरक्युरीको प्रभाव देखिएको छ, जुन उसको डेस्टिनी नम्बर पनि हो । तसर्थ यो उमेरमा उनको जीवनको एक नयाँ सुरुवात हुन सक्ने कार्डमा देखिएको छ । त्यस्तै कार्डमा ऋतिकले आउँदो दुई बर्षभित्रमा विवाह गर्ने योग देखिएको छ ।

Namaste Filmy

Read Previous

सोहितको आँखामा निताको अनुहार झ्याप्पै । भिडियो ।

Read Next

`अलबिदा`को ट्रेलर सार्वजनिक । मुस्लिम आर्यन बने पुलिस (भिडियो सहित)