लोकतन्त्र दिवसमा 'जन्मभुमि' । फस्टलुक रिलिज ।

[dropcap][/dropcap]लचित्र ‘जन्मभुमि’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकारहरु निस्मा घिमिरे, अनु शाह, बिनोद श्रेष्ठ, जेबिका कार्की, सौगात बिस्ट, अग्रीम गिरि तथा मोहन निरौलालाई देख्न सकिन्छ । janbhoomi_nepali_movieराष्ट्रप्रेम झल्काइएको समाजिक कथा ‘जन्मभुमि’लाई पाका चलचित्रकर्मी मोहन निरौलाले निर्देशन गरेका हुन । चलचित्र मौलिक नेपाली चलचित्र हुनुको साथै मौलीक नेपाली जनजीवनको कथा भएको निरौलाको भनाई छ ।
अम्बिका गिरीको प्रस्तुति र सुरज गिरीको लगानी रहेको चलचित्रमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, राजु बजाज तथा स्वयम निर्देशक निरौलाको मुख्य भुमीका छ । त्यस्तै बाल कलाकार सौगात विष्ट एवं नव कलाकार जेवीका कार्की र अग्रीम गीरले पनि फिल्ममा अभिनय गरेका छन ।
चलचित्रमा युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्धन्द रहेको छ । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् ।
चलचित्र अर्को बर्ष बैशाख ११ गते लोकतन्त्र दिवसको दिन रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

`अलबिदा`को ट्रेलर सार्वजनिक । मुस्लिम आर्यन बने पुलिस (भिडियो सहित)

Read Next

फ्राइडे रिलिज : “लभ यू बाबा”र "कान्छी मट्याङ ट्याङ"