एकै दिनमा तीनवटा फिल्ममा साइन गरे सबिनले ।

फाल्गुन १२ ।
पछिल्लो समयका ब्यस्त हिरो सबिन श्रेष्ठ तीनवटा नयां फिल्मको लागी अनुबन्धित भएका छन । आकर्षक र सुगठित शरिरका भएका सबिनले सोमबार एकै दिनमा तीनवटै फिल्मको लागी साइन गरेको नमस्तेफिल्मीलाई जानकारी गराए ।1530373_703501429673660_1738694442_n

सबिन अनुबन्धित भएको फिल्महरुमा ‘अन्जान’, ‘कुर्बान’ र ‘इन लभ’ रहेका छन । यसमध्ये ‘कुर्बान ‘सवैभन्दा पहिले फ्लोरमा जाने सबिनले बताए । इना फिल्मसको ब्यानरमा बन्न लागेको फिल्म कुर्बानलाई प्रेम तामाङले निर्माण एवं बेदप्रसाद भुर्तेलले निर्देशन गर्न लागेका हुन । फिल्ममा सबिन को अतिरिक्त प्रज्वल श्रेष्ठ, बेदप्रसाद भुर्तेल, कमल कृष्ण, सोनिया शर्मा लगायतको अभिनय रहनेछ । दार्जिलिङ, पोखरा, काठमण्डौलगायतका स्थानमा छयांकन गरिने फिल्ममा उज्वल लिम्बुको संगीत र चन्द्र पन्तको द्धन्द रहेको छ । करिब ५० लाख लगानीमा तयार हुने फिल्मको सुटिङ अवधि १ महिनाको हुनेछ ।577518_685424578148012_1288458386_n

त्यस्तै मधुसुदन भट्टराईको निर्देशनमा बन्ने फिल्म ‘अन्जान’ र कुमार शाहको निर्देशन रहने फिल्म ‘इन लभ’ मा पनि सबिन अनुबन्ध भएका छन । सबिनको अभिनय रहेको तीन 1620777_734097113280758_1094258692_nचलचित्रहरु हाल रिलिजको संघारमा छ ।

उनी अभिनीत चलचित्र ‘आधी बाटो’ अगामी चैत्र २१ र ‘मिस नेपाल’ बैशाख ५ गतेबाट रिलिज हुदैछ भने ‘दमदार’ पनि रिलिजको तयारीमा छ । सबिन विभिन्न टेलिफिल्म म्युजिक भिडियो हुदै चलचित्रमा प्रवेश गरेका हुन । उनले रेखा फिल्मसको ब्यानरमा चलचित्र अन्दाजमा पहिलोपटक हिरोको रुपमा डेब्यु गरेका थिए ।

Namaste Filmy

Read Previous

एन आर एन अध्यक्षलाई सुमन दहालले बनाए मोडल ।

Read Next

शाम्भाको अन्त्येष्टि गरियो । शाम्भाले आंखादान गरेको खुलासा (फोटो हेर्नुहोस) ।