एउटै फिल्ममा देखिने तीन खानको चाहना ।

141212061340_salman_shahrukh_aamirहालै मुम्बईमा आयोजित एक कार्यक्रममा पहिलोपटक एक साथ देखिएका बलिउडका तीन खान आमिर, सलमान र शाहरुखले अब एउटै फिल्ममा देखिने चाहना ब्यक्त गरेका छन । हालसम्म यी तीन खान एउटै पर्दामा देखिएको छैन ।
रोचक कुरा त यो छ कि आमिर र शाहरुखले पनि अहिलेसम्म एउटै फिल्ममा काम गरेका छैनन । सलमानले भने शाहरुख र आमिर दुवैसँग फरक फरक फिल्ममा काम गरिसकेका छन ।
वास्तवमा उनीहरुको यो चाहना आमिरले बताएका हुन । फिल्म पिकेको प्रोमोशनल इभेन्टमा उनले तीन खानले एकसाथ काम गरे राम्रो हुने बताए । तर हालसम्म त्यस्तो स्कृप्ट नआएको र आएमा आफुहरु हर्षित हुने उनले बताए ।

Namaste Filmy

Read Previous

भारतीय चर्चित कमेडियन कपिल शर्माको नेपाली कार्यक्रम स्थगित

Read Next

ग्राहकको पैसा फिर्ता गर्दै एनसेल ।