आफ्नै फिल्म रिलिज गर्न नचाहने यी निर्माताहरु ।

[dropcap]फि[/dropcap]ल्म निर्माण भनेको एउटा ब्यवसाय नै हो । लाखौ रुपैँया फिल्ममा लगानी गरिसकेपछि केहि न केहि नाफा होस भन्ने चाहना कसको हुदैन र ? तर हाम्रो फिल्म उद्योगमा केहि यस्ता निर्माता पनि छन जो फिल्म निर्माण गर्छन तर प्रदर्शन गर्न जाँगर देखाउदैनन । my promiseप्रसँग पौष १८ गतेबाट प्रदर्शनको  तयारीमा रहेको फिल्म ‘माई प्रमिस’को । फिल्मका तीन जना निर्माताहरु छन । त्यसमध्ये एक निर्माता तथा नायक रमेशचन्द्र राई अहिले फिल्म प्रमोसनमा लागीपरेका छन । तर अन्य दुई निर्माता टंक लिम्बु र नरकुमार लिम्बु कहाँ के गरिरहेका छन ? उनीहरुलाई आफ्नो फिल्म पौष १८ मा रिलिज हुने कुरा थाहा छ कि छैन ? यसमा समेत शंका छ ।
नरकुमार लिम्बु त फिल्मका मुख्य नायक समेत हुन । के उनले ‘आफु हिरो हुँ’ भन्नको लागी मात्र फिल्ममा लगानी गरेका हुन ? हिरो भनेर चिनिनको लागी फिल्म प्रदर्शन गर्नुपर्छ, दर्शकमाझ पुर्याउनुपर्छ भन्ने उनलाई थाहा छैन ? आफ्नै फिल्मलाई किन बेवास्ता गरिरहेका छन उनीहरुले ?
निर्माता तथा नायक रमेश चन्द्र राईले यी सबै कुराहरु एक प्रेसमिट आयोजना गरेरै सार्वजनिक गर्ने बताएका छन । उनले निर्माण सम्पन्न भएको लामो समयसम्म फिल्म रिलिज नहुनुमा पनि यिनै दुई निर्माता मुख्य कारण रहेको बताए । रमेशका अनुसार उनीहरुले फिल्म रिलिज नै नगर्ने पनि भनेका थिए रे । त्यस्तै केहि कलाकारले फिल्म प्रमोसनमा सहयोग नपुर्याइरहेकोप्रति रमेशले दुख लागेको बताए ।
उनले किन कसले फिल्म प्रमोसनमा साथ दिइरहेका छैनन, दुई निर्माताले किन फिल्म रिलिज गर्न चाहेनन, सबै कुरा सार्वजनिक प्रेस मिटमै खुलाउने दाबी गरेका छन ।

Namaste Filmy

Read Previous

ग्राहकको पैसा फिर्ता गर्दै एनसेल ।

Read Next

शाहरुख भन्दा धनी भए सलमान ।