'मिसन पैसा रिलोडेड' र 'प्रवास' । रिलिज डेट तय ।

Reloaded-mission-paisa_and_Prabasप्रतिक्षित मनिएको दुई फिल्म ‘रिलोडेड मिसन पैसा’ र ‘प्रवास’ले रिलिज मिति तय गरेको छ । तोकिएअनुसार ‘रिलोडेड मिसन पैसा’  फाल्गुन १५ गते प्रदर्शनमा आउनेछ । यो फिल्म केहि बर्षअघि प्रदर्शित मिसन पैसाको सिक्वेल फिल्म हो ।
फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका छन । फिल्ममा निशा अधिकारी, अमिर गौतम, रेश मरहट्टा, हर्षिका श्रेष्ठ लगायतले अभिनय गरेका छन । फाल्गुन १५ मा दिवंगत निर्देशक आलोक नेम्बाङको फिल्म अझै पनि पनि प्रदर्शन हुदैछ । आलोककै सम्मानमा भन्दै अन्य केहि निर्माताले उक्त मितिमा फिल्म प्रदर्शन नगरेपनि बितरण कम्पनी पपकर्नले भने मिसन पैसा रिलोडेड उक्त मितिमै प्रदर्शन हुने बताए ।
त्यस्तै नारायण रायमाझी निर्देशित फिल्म ‘प्रवास’ अर्को बर्षको फुलपातीमा रिलिज गरिने भएको छ । फिल्ममा युवाहरुले भोग्ने पीडा र दशैमा प्रवास गएका युवाहरु पनि गाँऊ फर्कने भएकाले फुलपातीमा फिल्म प्रदर्शन गरिने निर्देशक रायमाझीले बताए । फिल्ममा प्रशान्त तामाङ, रजनी केसी, नरेन खड्का, राजु बजाज लगायतले अभिनय गरेका छन ।

Namaste Filmy

Read Previous

धेरै सेक्सी भएपछि भगवानले दियो सजाय ?

Read Next

धोनीको पत्नी बन्दैछिन आलिया भट्ट ।