धोनीको पत्नी बन्दैछिन आलिया भट्ट ।

ms-dhoni_and_aliya-bhattaबलिउड नायिका आलिया भट्ट क्रिकेटर महेन्द्र सिहं धोनीको पत्नी बन्ने भएकी छिन । उनी धोनीको जीवनीमा बन्ने बायोपिक फिल्म ‘एमएस धोनी-द अनटोल्ड स्टोरी’ मा धोनीको पत्नीको भुमिकामा देखिने भएकी हुन ।
फिल्ममा धोनीको भुमिका भने सुशान्त सिहं राजपुतले निभाउने भएका छन । फिल्मका निर्देशक निरज पाण्डेका अनुसार धोनीको पत्नी साक्षी धोनी र आलियाको अनुहार केहि हदसम्म मेल खाने देखिएकाले आलियालाई फिल्ममा लिन लागिएको हो ।
फिल्ममा आलिया र शुसान्तको अलवा फवाद खान, जोन अब्राहाम, गौतम गुलाटी लगायतको पनि अभिनय रहनेछ । बताइएअनुसार फवादलाई बिराट कोहलीको, गौमतलाई जहिर खानको र अफतावलाई जोगिंदार शर्माको भुमिका दिइनेछ ।

Namaste Filmy

Read Previous

'मिसन पैसा रिलोडेड' र 'प्रवास' । रिलिज डेट तय ।

Read Next

नम्रता बनिन् निर्मात्री ।