नम्रता बनिन् निर्मात्री ।

Namrata_Shresthaपछिल्लो समय अधिकांश नेपाली हिरोइनहरु फिल्म निर्माणतर्फ आकर्षित हुदै गइरहेका छन । यहि क्रममा हिरोइन नम्रता श्रेष्ठ पनि नायिकाबाट निर्मात्री बनेकी छिन । उनले फिल्म ‘सोल सिस्टर’ निर्माण गर्दै आफुलाई निर्मात्रीको रुपमा चिनाएकी हुन ।
प्रशान्त रसाइलीले निर्देशन गरेको फिल्मको सोमबार राजधानीमा एक कार्यक्रमका बीच ट्रिजर पनि देखाइयो । सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको उपस्थितिमा देखाइएको फिल्मको ट्रिजरलाई सबैले तारिफ गरे । फिल्ममा राजेश हमाल, नम्रता श्रेष्ठ, दिपक शर्मा, शकुन्तला बैद्य, रविना देशराजको अभिनय छ । फिल्मलाई जनवरी १५ मा रिलिज गरिने पनि जानकारी गराइयो ।
त्यस्तै सोहि कार्यक्रमकै बीच नम्रताको प्रोडक्सन हाउस हाइली हिल इन्टरटेन्टमेन्टको पनि औपचारिक घोषणा गरियो । कम्पनीले फिल्म तथा गितसँगीतको क्षेत्रमा विभिन्न कामहरु गर्नेछ ।

Namaste Filmy

Read Previous

धोनीको पत्नी बन्दैछिन आलिया भट्ट ।

Read Next

‘आभाष’को पोष्टर सार्वजनिक