रजनीकान्तको 'लिंगा'लाई ३ दिनमा सय करोड ।

lingaaa_sसुपरस्टार रजनीकान्त अभिनित तामिल फिल्म ‘लिंगा’ले शानदार ब्यापार गरेको छ । शुक्रबार रिलिज फिल्मले प्रदर्शनको तीन दिनमै १०० करोडभन्दा बढिको ब्यापार गरेको छ । यसलाई तामिल फिल्मको इतिहासमै सर्वाधिक कलेक्सनको रुपमा लिइएको छ ।
फिल्ममा रजनीकान्तको साथमा बलिउड हिरोइन सोनाक्षी सिन्हा र तामिल नायिका अनुष्का शेट्टीको मुख्य अभिनय छ । फिल्मले रजनीकान्तको स्टारडमकै कारण यस्तो उच्च ब्यापार गरेको बिश्लेषकहरुले बताएका छन । फिल्मले प्रदर्शनको पहिलो दिनमै ३७ करोड कमाई गरेको थियो ।

Namaste Filmy

Read Previous

‘आभाष’को पोष्टर सार्वजनिक

Read Next

निर्देशक राई गम्भीर घाइते ।