यस फिल्मको कलेक्सन संसारमै सबैभन्दा धेरै ।

the hobbitहलिउड फिल्म ‘द होबिट: द बैटल अफ द फाइभ आर्मीज’ ले संसारमै अहिलेसम्मको सारा रेकर्डलाई तोडेको छ । फिल्मले छोटो समयमा नै सर्वाधिक कलेक्सन गर्दै बिदेशी बक्सअफिसमा चमत्कार गरेको हो ।
संसारका विभिन्न ३८ देशमा गत बिहिबारदेखि रिलिज फिल्मले  ११७।६ करोड अमेरिकन डलर कलेक्सन गर्दै नयाँ रेकर्ड बनाएको हो । यो कलेक्सन मात्र सोमबार सम्मको हो ।
फिल्म जपान, मेक्सिको, रुस लगायत देशमा रिलिज भएको हो । त्यस्तै अमेरिका लगायत अन्य थुप्रै देशहरुमा भने फिल्म आँउदो बिहिबारदेखि लाग्नेछ । सबैतिर प्रदर्शनपछि फिल्मको कलेक्सन अहिलेसम्मकै फिल्म इतिहासमा सर्वाधिक हून सक्ने अनुमान लगाइएको छ ।
फिल्मलाई पीटर जैक्सनले निर्देशन गरेका हुन । फिल्ममा इआन, मार्टिन फ्रीम्यान, रिचर्ड आर्मिटेज लगायत कलाकारहरुको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

'मिसन पैसा २: रिलोडेड' । नयाँ ट्रेलर रिलिज ।

Read Next

चलचित्र क्षेत्रमा राम्रो कामको सुरुवात । राम्रो फिल्म बनाउ नत्र दर्शक पनि गोलाप्रथा गरेर आउलान !