दिपक मनाङेको चलचित्र 'वान वे' को गीत सार्वजनिक ।छोरा सिद्धार्थ हिरोको रुपमा डेब्यु (भिडियो सहित)

गोलाप्रथामा बाट चलचित्र प्रदर्शनको मिति पाउन सफल चलचित्र ‘वान वे’को गीत सार्वजनिक गरिएको छ । ‘कसरी भनूँ’ बोलको गीतमा डम्बर नेपालीको शब्द तथा संगीत छ भने स्वर सविन राईको रहेको छ । गीतको करियोग्राफी भने संगीता श्रेष्ठले गरेकी हुन् ।सार्वजनिक गीतमा सिद्धार्थ गुरूङ र माला सुब्बालाई फिचरिङ गरिएको छ ।
one way -namasteफिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन भने डनको रुपमा चिनिने दिपक मनाङे उर्फ राजीव गुरुङ ले निर्माण गरेका हुन । त्यस्तै फिल्मको प्रस्तुतकर्ता भने निर्माता संघका अध्यक्ष राजकुमार राई हुन । फिल्मबाट दिपक मनाङेका छोरा सिद्धार्थ गुरुङले रजतपटमा हिरोको रुपमा डेब्यु गर्दैछन । सिद्धार्थको अतिरिक्त फिल्ममा माला सुब्बा, करिश्मा मानन्धर, रविन तामाङ, विल्सन बिक्रम राई, आकाश खवास लगायतको अभिनय रहेको छ ।
गीत हेर्नुहोस :

Namaste Filmy

Read Previous

चलचित्र क्षेत्रमा राम्रो कामको सुरुवात । राम्रो फिल्म बनाउ नत्र दर्शक पनि गोलाप्रथा गरेर आउलान !

Read Next

‘इच्छा’को ट्रेलर सार्वजनिक ।बिहे अगाडी सबै केटाहरु यस्तै हुन्छन : दिपशिखा (भिडियो सहित )