शाम्भाको अन्त्येष्टि गरियो । शाम्भाले आंखादान गरेको खुलासा (फोटो हेर्नुहोस) ।

फाल्गुन १२ ।
आइतबार राती निधन हुनुभएका पुराना मेकअप आर्टिस्ट शाम्भा दिनकर पाटिल शम्भु क्षेत्रीको अन्त्येष्टि गरिएको छ । सोमबार मध्यान्ह पशुपति को आर्यघाटमा उहाको पार्थिव शरिरमा छोराहरु प्रतीक र ऋतिकले दागबत्ति दिएको हो ।s3उहाको अन्तिम अन्त्येष्टि गरिनुअघि बिहान ९ बजेदेखि ११ बजेसम्म पर्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीको लागी राखिएको थियो । अग्रज मेकअप आर्टिस्ट भएकोले श्रद्धाञ्जलीको लागी करिब २०० नयांपुराना चलचित्रकर्मीहरु पशुपति क्षेत्रमा पुगेका थिए । पाशुपात क्षेत्रमा पुगेका अधिकांश फिल्मकर्मी तथा आफन्तजनको आंखा रसाएका देखिन्थे ।s9अन्तिम श्रद्धाञ्जली दिनको लागी फिल्मकर्मीहरु रमेश बुढाथोकि, सुमन दहाल, लक्ष्मी गिरी, देशभक्त खनाल, बिरेन श्रेष्ठ, मनोज केसी, कृष्ण मल्ल, आर पी पन्त, बसुन्धरा भुषाल, राजु केसी लगायतको उपस्थिति रहेको थियो । त्यस्तै नायिकाहरु करिस्मा मानन्धर, स्वेता खडका को पनि उपस्थिति थियो । त्यस्तै संगीतकार सुरेश अधिकारी, कलाकार दिपकराज गिरी, दिपाश्री निरौला, सन्तु तामाङ, चलचित्र प्रविधिक संघको सम्पुर्ण सदस्यहरुले पनि शाम्भाको निधनप्रति शोक ब्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो । s10कहिल्यै अरुको कुभलो नचिताउने शाम्भाले तिलगंगा आंखा अस्पातालमा आफ्नो आंखा दान गर्नुभएको छ । दुइ छोरा र श्रीमतीका साथ काठमण्डौ सिनामंगलमा बस्दै आउनुभएका शाम्भाको आइतबार राती पौने दश बजे उपचारको क्रममा वीर अस्पातालमा ६० बर्षको उमेरमा निधन भएको थियो । नशामा समस्या देखिएर केहि साता पहिले अस्पाताल पुग्नुभएका शाम्भाले करिब २०० भन्दा बढि फिल्महरुमा मेकअप म्यानको रुपमा काम गर्नभएको थियो । उहाले उतिकै संख्यामा टेलिफिल्महरुमा पनि काम  गर्नुभएको थियो ।s7२०३९ सालमा बासुदेब फिल्म बाट मेकअप म्यानको रुपमा काम थाल्नुभएका शाम्भाले करोडति, नेपाली बाबु, हामी तीन भाइ, सुखदुख, मसान, छोडि गए पाप लाग्ला, साथी म तिम्रो, सो सिम्पल लगायतका कयौ सुपर हिट फिल्महरुमा मेकअप आर्टिस्टको रुपमा काम गर्नभएको थियो ।
s6 s5 s4 s2 s1

Namaste Filmy

Read Previous

एकै दिनमा तीनवटा फिल्ममा साइन गरे सबिनले ।

Read Next

बलिउड बादशाहले जुनियर बच्चनलाई दिए साढे १२ लाखको गिफ्ट ।