जाडोमा सिरक बाँड्दै 'माई प्रमिस' हिरो ।

[dropcap]पौ[/dropcap]ष १८ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म माई प्रमिसका हिरो तथा निर्माता रमेशचन्द्र राई शुक्रबार बौद्धमा भेटिए । उनी त्यहाँ सडकमा बस्ने बृद्धबृद्धालाई जाडो उपयोगी कपडाहरु सिरक तथा ज्याकेटहरु बाँडिरहेका थिए । My_promise_nepali-movie1जाडो महिनामा बिना कपडा सडकमै रात बिताउने बृद्धबृद्धालाई कपडा बाँडन पाउदा रमेश खुशी देखिए । उनले आफु सानैदेखि समाजिक काममा रुचि राख्ने मान्छे भएकोले उक्त कार्यक्रममा पनि अन्य सबै काम छाडेर सहभागी भएको बताए । उनले यस्ता समाजिक क्रियाकलापले आफ्नो फिल्म माई प्रमिसको प्रचारमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।
My_promise_nepali-movie_ramesh_raiअहिले रमेश फिल्म माई प्रमिसको प्रमोसनमा ब्यस्त छन । फिल्मका अन्य दुई निर्माताहरुले वास्ता नगरेपछि उनी एक्लै पब्लिसिटीका लागी दौडधुप गरिरहेका हुन । फिल्मका अन्य निर्माताप्रति रमेश आक्रोशित छन । ती निर्माताहरुले फिल्म चल्दैन के रिलिज गर्नु रिलिज नगरौ भनेको रमेश बताउछन । उनीहरुले आफ्नै निर्माणमा बनेको फिल्म रिलिज गर्न नखोजेको देख्दा रमेश आफै छक्क परेका छन ।
तर अन्तत रमेशकै सक्रियतामा फिल्म रिलिज हुने भएको छ । यति धेरै कन्ट्रोभर्सी र समस्याका बिच रिलिज हुने फिल्म माई प्रमिसले राम्रो ब्यापार गर्नेमा रमेश ढुक्क छन । सुरज सुब्बा नाल्बो निर्देशित फिल्ममा रमेश स्वयम हिरो हुन भने उनीसँगै केकी अधिकारी, विल्सन बिक्रम राई, नरकुमार लिम्बु लगायतको अभिनय छ ।

Namaste Filmy

Read Previous

'पिके' ले पहिलो दिनमै कमायो ३३ करोड ।

Read Next

शाहरुख र आमिरसँगै फिल्म खेल्दिन : सलमान ।