शाहरुख र आमिरसँगै फिल्म खेल्दिन : सलमान ।

salman khan-inmकेहि दिनअघि बलिउडका तीन खानले एउटै फिल्म खेल्ने चाहना ब्यक्त गरेको समाचार आएको थियो । तर उक्त समाचारलाई तीन खानमध्यका एक सलमान खानले नकारेका छन । उनले  शाहरुख खान र आमिर खानसँग फिल्म खेल्ने आफ्नो इच्छा नभएको बताएका हुन ।
खासमा तीन खान एउटै फिल्ममा खेल्ने चाहना पिके स्टार आमिर खानले ब्यक्त गरेका हुन । तर दबंग स्टार सलमानले आमिरको जस्तो चाहना आफ्नो नभएको प्रस्ट्याए । यसबारेमा शाहरुखले भने कुनै प्रतिक्रिया दिएका छैनन ।
सलमानले तीन खान एउटै फिल्ममा देखिने चाहनाभन्दा बरु अर्को बर्ष आफ्नो विवाह गर्ने चाहना रहेको बताए । गम्भीर हुदै उनले भने- अर्को बर्ष आफ्नो विहे देख्ने चाहना छ ।

Namaste Filmy

Read Previous

जाडोमा सिरक बाँड्दै 'माई प्रमिस' हिरो ।

Read Next

‘चितवन समाज युएई’ को आयोजनामा ‘साँस्कृतिक साँझ २०१५’ हुने