‘चितवन समाज युएई’ को आयोजनामा ‘साँस्कृतिक साँझ २०१५’ हुने

‘चितवन समाज युएई’ को आयोजनामा ‘साँस्कृतिक साँझ २०१५’ हुने भएको छ ।अंगेजी नयाँ वर्ष २०१५ को अबसरमा हुन लागेको यो कार्यक्रमको लागी प्राविधिक सहितका सम्पुर्ण तयारी पुरा भएको समाजका कोषाध्यक्ष गणेश न्यौपानेले जानकारी दिएका छन् ।चितवनबाट विभिन्न कामको शिलशिलामा युएई पुगेका चितवनबसी नेपालीहरुको छाता संगठन ‘चितवन समाज युएई’ ले अनाथ जेहेन्दार बिधार्थीको लागी अक्षयकोष स्थपनाको लागी कार्यक्रम आयोजना गर्न लागेको हो ।
saskrit sajhaकार्यक्रम युएई स्थित इम्पेरिअल सुइट्समा आउँदो डिसेम्बर २६, शुक्रबारका दिन दिन को ३ बजे देखि ८ बजे सम्म हुदैछ । कार्यक्रम को लागि नेपालबाट गायक कमल क्षेत्री र बेल्ली तथा जुम्बा डान्सर प्रमिला खनाल युएई जाँदै छन् ।कार्यक्रममा नेपालबाट पुग्ने कलाकारहरु तथा स्थानिय रुपमा युएईमा रहँदै आएका चितवनबासीहरुले विभिन्न प्रस्तुती पस्किने छन् । कार्यक्रममा प्रमिला र खत्रीसँगै स्थानिय रुपमा सक्रिय कलाकार गोपीकृष्ण पंगेनी, सुदिप गैरे, पुजा पौडेल, मनोज, समिर, गोकुल अधिकारीको प्रस्तुतीसँगै युएईमा सक्रिय नेपाली ब्याण्ड तर्फको बाट बिशेष लाइभ कन्सर्ट हुनेछ ।

Namaste Filmy

Read Previous

शाहरुख र आमिरसँगै फिल्म खेल्दिन : सलमान ।

Read Next

नेपाली अभिनेत्रीको फिल्म ओस्कारबाट आउट ।