नेपाली अभिनेत्रीको फिल्म ओस्कारबाट आउट ।

liars-dice-poster-first-lookनेपाली मूलकी अभिनेत्री गिताञ्जली थापाले अभिनय गरेको हिन्दी फिल्म ‘लायर्स डाइस’ ओस्कारको पुरस्कार दौडबाट बाहिरीएको छ । विभिन्न बिदेशीभाषी फिल्महरुमध्य भोटिङ राउन्डको लागी छानिएको ९ फिल्ममा ‘लायर्स डाइस’ पर्न सकेन ।
फिल्मलाई भारतको तर्फबाट अधिकारीक रुपमा सर्वोत्कृष्ट बिदेशीभाषी फिल्मको प्रतिस्पर्धाका लागी पठाइएको थियो । फिल्ममा गिताञ्जालीसँगै नवाजुद्दिन सिद्धिकी को मुख्य भुमिका छ । फिल्मले भारत-तिब्बत सीमाको एक गाँऊको महिलाको कथा बोकेको छ । फिल्मलाई गीतु मोहनदासले निर्देशन गरेका हुन ।
उता ओस्कारको भोटिङ राउन्डका लागी विभिन्न ९ देशका फिल्म छानिएका छन । अर्जेन्टिना, एस्टोनिया, जर्जिया, मौउरिटानिया, नेदरल्याण्ड, पोल्यान्ड, रुस, स्वीडेन र भेनेजुयलाको फिल्महरु छानिएका हुन । ओस्कार एकेडेमी अवार्ड आगामी फेब्रुअरी २२ मा सम्पन्न हुदैछ ।

Namaste Filmy

Read Previous

‘चितवन समाज युएई’ को आयोजनामा ‘साँस्कृतिक साँझ २०१५’ हुने

Read Next

ओस्कारबाट बाहिरियो नेपाली फिल्म 'झोला' ।