'विधवा'ले गर्यो प्रेस मीट । पौष ११ मा रिलिज ।

[dropcap]पौ[/dropcap]ष ११ गते अर्थात आँउदो शुक्रबार रिलिजको तयारीमा रहेको फिल्म ‘बिधवा’ले आइतबार राजधानीमा प्रेस मीट सम्पन्न गरेको छ । रिलिजको छेकोमा गरिएको प्रेस मीटमा पत्रकारहरुमाझ फिल्मको बारेमा जानकारी दिइएको थियो । bidhuwa_nepali-movie1प्रेस मीटमा बोल्दै निर्देशक मनोज श्रेष्ठले नेपाली महिलाहरुको यथार्थ कथा भएकाले फिल्मले समाजमा सकारात्मक सन्देश दिने बताए । त्यस्तै नायिका सोनु घिमिरेले समाजमा महिलामाथी घट्ने वास्तविक घट्नामाथी फिल्म बनेको बताइन । उनले आफ्नो पहिलो फिल्म भएकाले आफ्नो लागी भए पनि फिल्म हेर्न आग्रह गरिन । bidhuwa_nepali-movieगिरी प्रसाद सुनार निर्माता रहेको फिल्ममा दिलिप रायमाझी, सोनु घिमिरेसँगै स्वयम निर्देशक मनोज श्रेष्ठको मुख्य भुमिका छ । फिल्ममा कथा मन बहादुर घिमिरेको, गीत शंकर अधिकारी र प्रकाश लाल श्रेष्ठको, संगीत विकास चौधरीको, नृत्य विवेक थापाको, द्वन्द्व हिमाल केसीको, छायांकन दिपक परियारको, सम्पादन अभिषेक पौडेलको रहेको छ ।

Namaste Filmy

Read Previous

ट्रेलर बाट चर्चा बटुलेको "रॉय"को गीत रिलिज ( गीत र ट्रेलर भिडियो सहित )

Read Next

"नागरिक" प्रदर्शनको लागि तयारी