भ्यालेन्टाइन डे नजिकिदै गर्दा प्रपोज डे को अवसर पारेर निर्देशक राजु गिरीले नायिका समिक्षा अर्याललाई प्रेम प्रस्ताब राखे ..

माघ, २५
प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे नजिकिदै गर्दा आज प्रपोज डे को अवसर पारेर निर्देशक राजु गिरीले नायिका समिक्षा अर्याललाई प्रेम प्रस्ताब राखेका छन् । चलचित्र “टाइगर द रियल हिरो”को सुटिंग सकिए लगतै निर्देशक गिरीले सोहि चलचित्रकी नायिकालाई गुलाबको फुल दिदै आफ्नो प्रेम प्रस्ताब राखेका हुन् । यो कुनै चलचित्रको दृश्य पनि हैन अनि बास्तबिकता पनि हैन किन कि निर्देशक गिरीले पहिला नै आफ्नी वास्तविक जिबनमा बिहे गरि सकेका छन् ।999773_289070774574885_1886051655_n
यो आज बिहानै निर्देशक गिरीले आफ्नो नया चलचित्र “टाइगर द रियल हिरो”को फोटो सुट देखिएको दृश्य हो जहाँ निर्देशक गिरीले नायिका समिक्षा अर्याल प्रेम प्रस्ताब राखेको छ ।केहि दिन अगि मात्रै सुटिंग सकिएको आफ्नो चलचित्रको हिजो मात्रै पहिलो लुक बाहिर निकालेका निर्देशक गिरीले आज नै बाकी पोस्टर बनाउनको लागि चलचित्रको मुख्य मुख्य कलाकारको फोटो सुट छन् । चलचित्र “टाइगर द रियल हिरो”मा निर्देशक गिरिको पनि अभिनय रहेकोले नै उनीले पनि फोटो सुट गरेका हुन् भने चलचित्र भित्र पनि गिरीले निर्देशककै भूमिकामा अभिनय गरेका छन् ।अशोक फुयाँल, शुभेच्छा थापा, सुरज रानाभाट, दिपक कंडेल, अमित पल, समिक्षा अर्याल, पुजा राना लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र “टाइगर द रियल हिरो” शुभेच्छा थापासंगको सहकार्यमा निर्माण गर्नुको साथै स्वयम राजुकै कथा छ भने अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द, रामजी लामिछानेको नृत्य, मुकेश हुमागाईको छायांकन रहेको छ ।“टाइगर द रियल हिरो”काजल गिरीको प्रस्तुतिमा राजु स्वयमले निर्माण गरेका हुन् ।पूर्णतया द्न्द्प्रधान चलचित्र “टाइगर द रियल हिरो”को सम्पूर्ण कम सकेर छिट्टै रिलिज मिति तोक्ने तयारीमा छन् भने निर्देशक गिरी कृष्ण श्रेष्ठको लगानीमा निमार्ण हुन लागेको चलचित्र आर्यको सुटिंगमा यहिँ फागुनको २० गते बाट ब्यस्त हुदैन छन् भने चलचित्र आर्यको सुटिंग लगतै एभरेष्ट इन्टरटेन्टमेन्ट प्रालि दुबहीद्धारा निमार्ण हुन लागेको चलचित्र “युवराज”को सुटिंगको लागि बैशाख पहिलो हप्ता दुबही प्रस्थान गर्दै छन् ।

Namaste Filmy

Read Previous

पोखरेली दर्शकहरुले मनपराए झोला

Read Next

हेर्नै पर्ने नेपाली पारिवारीक कथानक चलचित्र “मुटु”