आकर्षक टाइटल डिजाइन गर्नेलाई दश हजार ।

pradipफिल्म लेखनमा परिचित प्रदिप भारद्धाजको निर्माण रहने फिल्म ‘चलेछ बतास सुस्तरी’ले दर्शकका लागी नौलो अफर ल्याएको छ । अफरअनुसार फिल्मको टाइटल आकर्षक रुपमा डिजाइन गर्न दर्शकलाई आग्रह गरिएको छ ।
दर्शकले दिएको डिजाइनमध्य सबैभन्दा आकर्षक डिजाइनलाई पुरस्कृत गरिनेछ । पुरस्कारस्वरुप दश हजार रुपैया दिइनुका साथै डिजाइन गर्ने दर्शकको नाम फिल्ममा समावेश गरिनेछ । आफुले गरेको डिजाइनलाई दर्शकले चलेछ बतास सुस्तरी वा प्रदिप भारद्धाजको फेसबुकमा पठाउनुपर्नेछ ।
हाल प्रि प्रोडक्सन चलिरहेको फिल्म अरुण फिल्मसको ब्यानरमा बन्न लागेको हो । प्रेम कथामा बन्ने फिल्ममा बिकास चौधरी र सन्तोष रजौरेको सँगीत रहनेछ ।चलचित्रमा भारद्वाजसँगै अरुण खड्काको पनि लगानी रहने छ, भने यो चलचित्रलाई सब्बु भारद्धाज र अनिला खड्काले निर्देशन गर्नेछन् ।

Namaste Filmy

Read Previous

रेखा थापाको आधिकारिक पेजलाई फेसबुकले गर्यो भेरिफाइड

Read Next

"एक्शन"को सुटिंग धमाधम ।गीत छायांकनको लागि युनिट दुबई जादै