बलिउड बादशाहले जुनियर बच्चनलाई दिए साढे १२ लाखको गिफ्ट ।

फाल्गुन १२ ।
बलिउड किङ शाहरुख खान र अग्ला हिरो अभिषेक बच्चन बीच गहिरो दोस्ती भएको कुरा तपाई हामी सबैलाई थाहा छ । दोस्ती मात्र हैन यी दुई स्टारको सम्बन्ध केहि अलग नै देखिन्छ किनकि बेलाबेलामा शाहरुखले अभिषेकलाई विभिन्न गिफ्ट दिइरहन्छन । त्यो पनि सामन्य गिफ्ट हैन, भर्खरै मात्र बलिउड बादशाहले जुनियर बच्चनलाई साढे १२ लाख रुपैया बराबरको गिफ्ट दिएका छन ।sa

शाहरुखले अचानक यति महंगो गिफ्ट घरमै पुर्याइदिएपछि अभिषेक आश्चर्यमा परेका थिए । शाहरुखले साढे १२ लाख बराबरको बाइक अभिषेकलाई गिफ्ट दिएका हुन । यी दुई हिरो हाल फराह खान को नयां फिल्म ह्याप्पी न्यु इयर मा साथसाथ काम गरिरहेका छन । लामो समय संगै काम गरेकोले एकअर्कामा अत्मीयता बढेकाले शाहरुखले गिफ्ट दिएको बताइन्छ । त्यसो त गत बर्ष चेन्नई एक्सप्रेस सुपरडुपर हिट भएको खुशी साटनको लागी पनि शाहरुख यति उदार भएको बिश्लेषण गरिएको छ । यसअघि शाहरुख र अभिषेकको सम्बन्ध केहि चिसिएको हल्लाहरु प्नि बलिउडमा चलेको थियो । उनीहरुले कभी अलविदा ना केहेना मा पनि धेरै बर्ष पहिले संगै काम गरेका थिए ।

Namaste Filmy

Read Previous

शाम्भाको अन्त्येष्टि गरियो । शाम्भाले आंखादान गरेको खुलासा (फोटो हेर्नुहोस) ।

Read Next

अक्षय कुमार र सलमान खानलाई 'हनी सिंह' ले नचाउने ।