फुर्सदिला जीवन ।

JIwan_Luitelफिल्म उद्योगका ब्यस्त हिरोमध्येका एक जीवन लुइँटेल हिजो आज भने फुर्सदिला भएका छन । करिब एक महिनाको फुर्सद मिलेपछि उनी मंगलबार बिदेश भ्रमणमा निस्किएका छन ।
उनले करिब १५ दिन अमेरिकामा बिताउनेछन भने बाँकी क्यानाडामा बिताउनेछन । अमेरिकामा रहँदा फिल्म ‘ठुली’को बिशेष शोमा समेत सहभागी हुने उनको योजना छ । यस अघि नै गरिने भनिएको उक्त शो जीवन ब्यस्त भएपछि स्थगित गरिएको थियो । अब त्यहि शो पुन गरिने जीवनले बताए ।
त्यसपछि उनी फिल्म ‘स्टुपिड मन’को बिशेष शोका लागी क्यानडा जानेछन । त्यहाँ पनि करिब १५ दिन बिताउने उनको योजना छ ।
करिब एक महिनाको फुर्सद सकिएपछि उनी नेपाल फर्किएर फिल्म ‘तीन घुम्ती’मा ब्यस्त हुनेछन । तीन घुम्ती पुर्वप्रधानमन्त्री तथा साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको कृतिमा आधारित फिल्म हो । फिल्ममा गरिमा पन्तको पनि मुख्य भुमिका रहनेछ ।

Namaste Filmy

Read Previous

OMG: सलमानलाई लाग्यो भूल्ने रोग ।

Read Next

समाचार प्रभाव। युटुबबाट हटाइयो 'कोहिनुर'। पाइरेसी गर्नेको खोजी जारी ।