जेलबाट निस्किए सञ्जय दत्त ।

Sanjay_duttaजेल सजाय काटिरहेका बलिउड अभिनेता सञ्जय दत्त जेलबाट निस्किएका छन । उनी १४ दिनको छुट्टी लिएर जेलबाहिर आएका हुन । भारतीय कानुनमा कैदीले चाहेको बेला तोकिएको प्रक्रिया पुरा गरी छुट्टी लिन पाइने प्रावधान छ ।

सोहि प्रावधानअनुसार सञ्जय पटपटक बाहिर आइसकेका छन । यसपटक जेलबाट बाहिरीएलगतै उनी मुम्बइस्थित घर गएको बताइन्छ । सेतो कपडा लगाएका सञ्जय पहिलेभन्दा धेरै फिट देखिएका छन । उनको करिब १४ किलो वजन पनि घटेको बताइन्छ ।
उनी बाहिर आएपछि उनको परिवार मात्र हैन, प्रदर्शनरत फिल्म पिके युनिट पनि निकै खुशी छन । पिकेमा स्वयम सञ्जयले समेत अभिनय गरेका छन तर उनले अहिलेसम्म फिल्म हेर्न पाएका छैनन । अब छिट्टै उनकै लागी फिल्मको बिशेष शो देखाउने तयारी फिल्म युनिटले गरेको छ ।
सञ्जय अवैध हतियार राखेको अभियोगमा १६ मे २०१३ मा जेल चलान भएका थिए । उनी यसअघि पनि पटकपटक छुट्टी लिएर जेलबाहिर आइसकेका छन ।

Namaste Filmy

Read Previous

समाचार प्रभाव। युटुबबाट हटाइयो 'कोहिनुर'। पाइरेसी गर्नेको खोजी जारी ।

Read Next

ट्वीटरमा रेखा । बाबुराम भट्टराई फस्ट फलोअर ।