'बिधवा' वास्तविक घटना हो: गिरी प्रसाद सुनार ।

[dropcap]फि[/dropcap]ल्म ‘बिधुवा’ समाजमा घट्ने वास्तविक घट्ना भएको निर्माता गिरीप्रसाद सुनारले बताएका छन । नमस्तेफिल्मीसँग कुरा गर्दै उनले फिल्मले समाजसँग प्रत्यक्ष सम्बन्ध राख्ने बताए । ‘समाजमा दिनहुँ यस्ता घट्ना घटिरहेका हुन्छन । जसलाई मैले पर्दामा काल्पनिक चित्रण गरेको हुँ, तर यो वास्तविक कहानी हो’- उनले भने ।bidhuwa_nepali-movie1फिल्मले नारीको बेदना, पीडा र सँघर्ष समेटेको बताउदै उनले फिल्म हेर्दा दर्शकले सन्देश प्राप्त गर्ने बताए । बिशुद्ध नारीप्रधान फिल्ममा बालबिवाह, जातिय विभेद, एकल नारी प्रतिको अन्याय अत्याचार लगायतका महत्वपुर्ण समाजिक मुद्धा उठाइएको निर्माता गिरीको भनाई छ ।
उनले कमर्शियल फिल्म हेर्ने बानी परेका दर्शकलाई एकपटक ‘बिधवा’ हेर्नसमेत आग्रह गरे । आफुले सिर्फ पैसा कमाउनका लागी मात्र फिल्म नबनाएको बताउदै उनले फिल्मले समाजमा केहि न केहि सकारत्मक सन्देश दिने बिश्वास ब्यक्त गरे । उनले दिलिप रायमाझी, नवनायिका सोनु घिमिरे लगायत सबै कलाकारको अभिनयमा पनि खोट लाउने ठाँऊ नभएको दाबी गरे ।
अर्को फरक प्रसंगमा उनले अब छिट्टै अर्को फिल्मको काम सुरु गर्ने पनि बताए । ‘सम्भवत बैशाखबाट हामी अर्को फिल्मको काममा लाग्छौ’- उनले भने- अगामी दिनमा गिरी प्रसाद सुनारको फिल्म भन्नेबितिकै दर्शक हलमा आउनेछन ।  उनले फिल्म निर्माणमा निरन्तर लाग्नेसमेत बताए ।

Namaste Filmy

Read Previous

महानायकले यसकारण मनाएनन् क्रिसमस ।

Read Next

सामाजिक कार्यको लागि ‘टाईगर द रियल हिरो’ च्यारिटी शो