सामाजिक कार्यको लागि ‘टाईगर द रियल हिरो’ च्यारिटी शो

यहि माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘टाईगर द रियल हिरो’ को विहिबार नारायणघाटको गणेश चित्र मन्दिरमा चलचित्रको बिशेष प्रदर्शन गरिएको छ । लक्की मिडिया हाउस चितवनको आयोजनमा “मुनाल युथ क्लब” भरतपुरको सहयोगार्थ चलचित्रको च्यारिटी शो गरिएको थियो ।चलचित्रको च्यारिटी बाट संकलन भएको पैसा क्लबले सामाजिक कार्यमा लगानी गर्ने छ ।
tiger namastefilmyकार्यक्रममा चलचित्रका निर्देशक राजु गिरी र नायक सुरज रानाभाटको समेत सहभागिता रहेको थियो । नेपाली चलचित्र उद्योगमा नायिका बन्न खोज्दाको पीडालाई नै फिल्ममा उतारिएको छ । चलचित्रमा समाजमा हुने वास्तविक घटनालाई चलचित्र मार्फत देखाउन खोजिएको निर्देशक राजु गिरीले बताए ।
tiger namastefilmyशुभेच्छा इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार यो चलचित्रमा शुभेच्छा थापा, अशोक फूयाँल, समीक्षा अर्याल, दिपक कँडेल लगायतका कलाकारहरुको अभिनय दर्शकले देख्न पाउने छन् । चलचित्रलाई शंकर गिरी र काजोल गिरीले मिलेर निर्माण गरेका हुन् । नेपाली कथानक चलचित्र ‘टाईगर द रियल हिरो’ हेर्नका लागि विभिन्न संघ /संस्थाका व्यक्तित्व, व्यवसायी, पत्रकार, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

Namaste Filmy

Read Previous

'बिधवा' वास्तविक घटना हो: गिरी प्रसाद सुनार ।

Read Next

"आभाष"को सफलताको लागि सयंम पुगे खोटाङको हलेसी मन्दिरमा