यी नायिकामाथी युवकहरुले गरे दुर्व्यवहार ।

Richha_Chadda_hotबलिउड नायिका ऋचा चड्डामाथी दुई युवकले दुव्र्यवहारको प्रयास गरेको खबर आएको छ । हालै एक क्रिसमस पार्टीमा रमाइरहेका बेला ती युवकहरुले चड्डामाथी गिद्दे नजर लगाएका हुन ।
बताइएअनुसार पार्टी सुरु भएदेखि नै उनीहरुले ऋचालई पछ्याइरहेका थिए । पछि फोटो खिच्ने बाहनामा एक युवक ले ऋचाको काँधमा हात राखेका थिए र हातलाई संवेदनशील अंगतर्फ बढाएका थिए । त्यसपछि ऋचाले युवकलाई थप्पड हानेको बताइन्छ । पार्टीमा हंगामा सुरु भएपछि स्थिति सम्हाल्न प्रहरी नै लाग्नुपरेको थियो ।
ऋचा यस घट्नाबाट अत्यन्त दुखी भएको बताइएको छ । घट्नाबारे ऋचाले भनिन म निकै दुखी छु । यस्तो मानिसको ब्यबहारसित हामी सबै सतर्क रहनुपर्छ । दिल्ली निवासी यी नायिकाले फुक्रे, ग्याङस् अफ वासेपुर, रामलीला लगायत हिन्दी फिल्ममा अभिनय गरेकी छिन ।

Namaste Filmy

Read Previous

भावना बोकेको चलचित्र विधवामा नायिका सोनुको अनपेक्षित भूमिका

Read Next

रजनीकान्तको 'लिंगा' हेर्दाहेर्दै हलमै दर्शकको मृत्यु ।