ह्याप्पी बर्थडे सलमान ! थाहा पाउनुहोस् उनका दश गोप्य कुरा ।

[dropcap][/dropcap]लिउड दबंग स्टार सलमान खानको जन्म ४९ बर्षअघि डिसेम्बर २७ का दिन मध्य प्रदेशको इन्दोरमा भएको थियो । तसर्थ उनले आज अर्थात शनिबार धुमधामका साथ आफ्नो ४९ औ जन्मदिन मनाएका छन । Salman-Khanउनले बर्थडेको अवसरमा पनवेलको आफ्नै फार्महाउसमा गएराती नै एक भव्य पार्टी पनि दिए । पार्टीमा बलिउडका नाम चलेका ठुला हस्तीहरुसँगै चर्चित ब्यापारीहरु, नेताहरु तथा उनका आफन्तहरु उपस्थित थिए । पार्टीमा पुगेका नपुगेका कयौ बलिउड स्टारले उनलाई जन्मदिनको शुभकामना दिएका छन । अमिताभ बच्चन, शाहरुख खान, ऋतिक रोशन, प्रियंका कार्की, सोनाक्षी सिन्हाले उनलाई शुभकामना सन्देश पठाएका हुन ।
सलमानलाई बर्थडे सेलेब्रेट गर्नका लागी टिभी शो बिगबोस बाट पनि एकदिनको छुट्टि दिइएको छ । उनले शनिबार आफ्नै परिवार र आफन्तका बीच जन्मदिन मनाएका हुन । Salman-Khan1

प्रस्तुत छ सलमानका बारेमा विभिन्न दश गोप्य तथ्यहरु :
१) सलमानको पुरा नाम अब्दुल राशिद सलमान खान हो । उनी खासमा लेखक बन्न चाहन्थे ।
२) सलमान हिरो हुनुअघि स्वीमर खेलाडी थिए । उनी स्कुल पढ्दा भारतको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी बनेका थिए ।
३) अहिले उनी ग्यालेक्सी अपार्टमेन्ट मुम्बईमा बस्दछन । यसबाहेक उनको पनवेलमा एक फार्महाउस पनि छ र दुबईको जुमैरा गाँऊमा एक अकार्षक घर पनि छ ।
४) सलमानलाई मनपर्ने अभिनेता सिल्वेस्टर स्टेलोन र अभिनेत्री हेमा मालिनी हुन ।
५) सलमानले अहिलेसम्म अनस्कृन लिप लक सीन वा किसिङ सीन दिएका छैनन ।
६) सलमानलाई चाइनिज खाना बिशेष मन पर्छ । मुम्बईको चाइना गार्डेन उनलाई मनपर्ने रेष्टुरेन्ट हो ।
७) सलमानले फिल्म हेल्लो ब्रदरमा पहिलोपटक पाश्र्वगायन गरेका थिए ।
८) सलमान ट्रिगेमिनल न्युरेल्जिया नामक रोगबाट ग्रसित छन । जसलाई सुसाइड रोग पनि भनिन्छ ।
९) सलमानले डेजी इरानीको इन्चिच्युटमा साजिद खान र चंकी पान्डेसँग अभिनय सिकेका थिए ।
१०) सलमान बलिउडमा एकमात्र यस्तो हुन जसको लगातार पाँच फिल्मले सय करोडको ब्यापार गरेको छ ।

Namaste Filmy

Read Previous

रजनीकान्तको 'लिंगा' हेर्दाहेर्दै हलमै दर्शकको मृत्यु ।

Read Next

अक्षयकुमारमाथी छानविन गर्न अदालतको आदेश ।