अक्षयकुमारमाथी छानविन गर्न अदालतको आदेश ।

akshay-kumar-aidsप्राय बलिउडका स्टार हिरोहरु कानुनी कारबाहिमा परिरहन्छन । यस बीचमा एक्सन किङ मानिने अक्षयकुमारमाथी पनि छानविन गर्न अदालतले आदेश जारी गरेको छ ।
अक्षयकुमारको यो केस २०१२ मा प्रदर्शन भएको फिल्म ‘खेलाडि ७८६’ सँग सम्बन्धित छ । उजुरी दिने ब्यक्ति नसीम बानो हुन । उनका वकिलका अनुसार फिल्मको एक दृश्यमा ७८६ को प्रतिकृतिमा अक्षयले ठप्पा मारेको देखाइएको छ । उजुरीकर्ताका अनुसार यसले आफुहरुको धार्मिक भावनामा ठेस पुगेको छ ।
अंधेरीस्थित एक अदालतले उजुरीमा सुनुवाइ गर्दै अक्षयकुमारमाथी छानविन गर्न प्रहरीलाई आदेश दिएको हो । प्रहरीलाई ११ फ्रेब्रअरी सम्म रिपोर्ट बुझाउन भनिएको छ ।

Namaste Filmy

Read Previous

ह्याप्पी बर्थडे सलमान ! थाहा पाउनुहोस् उनका दश गोप्य कुरा ।

Read Next

दक्षिण भारतीय सुपरस्टार बिक्रम पोखरामा ?