एउटै गोडाले छम्छमी नाच्छीन रोमा न्यौपाने

राजेन्द्र कार्की÷हेटौंडा ,फागुन १३ ,मंगलबार
के तपाई एउटा खुट्टाले नाच्न सक्नु हुन्छ ? हामी एउटा खुट्टाले केहि सेकेण्ड सम्म मुस्किलले उभ्भिन सम्म सकौला की १ तर रोमा न्यौपानले भने एउटै गोडाको भरमा छमछमी नाच्नु हुन्छ । कोही कोही ब्यक्तिमा यस्ता किसिमका अदभूत प्रतिभा लुकेको हुन्छ । त्यस्तै मानिसहरु मध्येका पर्छिन नृत्यांगना रोमा न्यौपाने । उहाँले नेपालका विभिन्न शहर तथा गाउँमा मात्र आफ्नो प्रतिभा प्रर्दशन गर्नु भएको छैन की उहाँ त नृत्य प्रस्तुत गर्ने क्रममा खाडीका धेरै राष्ट्रहरु लगायत युरोपका राष्ट्रहरुमा समेत पुग्नु भएको छ ।
1796459_445956482201062_1804994617_nउहाँको नृत्य हेर्न मानिसहरु दंग पर्नुका साथै खुशीले बक्सीस दिन समेत तम्सन्छन । यति मात्रै होइन उनी सँग फोटो खिचाउन त उनका फ्यानहरु तछाड र मछाड गर्दै अघि आउँछन् । उहाँलाई यसबाट साह्रै आनन्द आउँछ रे । “कति दर्शकहरुलाई त आफु एउटा खुट्टाले मात्र नाचिरहेको छु भन्ने हेक्का मात्र होइन विश्वासै गर्न सक्दैनन् ।” नृत्यांगना न्योपाने भन्नु हुन्छ । उहाँको छरितो शरिर हलुका नचाई त सबैको मन छुने नै भयो । तर यहि नाचबाट उहाँको आम्दानी पनि राम्रो हुने गरेको छ । एक वर्ष अघि बेल्जियममा भएको कार्यक्रमहरुमा त एउटै कार्यक्रमबाट ६० हजार नेपाली सम्म प्राप्त गर्नु भएको बताउनु हुन्छ । अझ उहाँको नृत्यबाट प्रभावित हुँदै उहाँलाई सहयोग पुयाउन चाहनेहरुको पनि लर्को नै लाग्ने गर्दछ । उहाँले आफ्नो एउटा खुट्टा गुमाउनु परेको कारण चाही दुर्घटनाबाट हो । उहाँको स्थायी घर इटहरी हो । उहाँ नजिकको जनता माविमा अध्ययन गर्नु हुन्थ्यो । स्कुल जानेक्रममा ८ वर्षको उमेरमा सडक दुर्घटनामा परि खुट्टा गुमाउनु परेको हो । तर उहाँलाई अहिले आएर खुट्टा गुमाउँदा संसारै गुमाए भनेको जस्तो लाग्दैन रे । उहाँ समाजीक संघसंस्थाहरुमा समेत संलग्न हुनु हुन्छ ।
fकार्यक्रमबाट संकलन भएको रकममध्ये केहि रकम आफु संलग्न भएको भ्याड नामको संस्था मार्फत अपाङ्ग बालबालिकाहरुका लागि सहयोग उपलब्ध गराउनु हुन्छ । अहिले उहाँले काठमाण्डौंको ठमेलमा एउटा क्याफे पनि संचालन गर्नु भएको छ । जहाँ अपाङ्ग बालबालिकाहरु समेत संलग्न भएका छन् । यी सबै कार्यहरु सहजरुपमा गर्न पाउनु को श्रेय आफ्नो श्रीमा चिरन पोख्रेललाई दिनु हुन्छ । उहाँ कै उत्प्रेरणाले नृत्य प्रशिक्षण लिने अवसर पाउँदै आज धेरै मानिसहरुको माझ परिचय बनाउँदै प्रशंसाको पात्र बन्न सफल हुनु भएको बताउनु हुन्छ । उहाँले नेपाली चलचित्र मैदानमा समेत अभिनय गर्ने अवसर प्राप्त गर्नु भएको छ भने महिला नवदेवी शक्ति सम्मान पुरस्कार प्राप्त गर्नुका साथै विभिन्न देशहरुमा समेत सम्मानित हुनु भएको छ । देशको विभिन्न भागहरुमा भ्रमण गर्ने, मानिसहरु सँग भेटघाट र कुराकानी गर्ने उहाँको शौख रहेको छ । नृत्य प्रस्तुत गर्ने क्रममा नै उहाँ छिमेकी राष्ट्र भारतका विभिन्न शहरहरु, मलेसिया, बेल्जियम, जर्मन, कुवेत, कोरीया लगायतका राष्ट्रहरुको भ्रमण गरिसक्नु भएको छ । यस वर्ष देशका विभिन्न शहरहरुमा आयोजना गरिएको महोत्सवहरुमा समेत निमन्त्रणा आउँदा भ्याइनभ्याइ भएको थियो । अपाङ्ग( फरक शारिरीक क्षमता भएका) हरुमा समेत विभिन्न प्रतिभाहरु लुकेर रहेको हुन्छ तर उनीहरुलाई अपाङ्गता भएकै कारण बेवास्ता गर्नाले अगाडी आउन नसकेको पनि नृत्यांगना न्यौपाने बताउनु हुन्छ

Namaste Filmy

Read Previous

अक्षय कुमार र सलमान खानलाई 'हनी सिंह' ले नचाउने ।

Read Next

मनिषा कोइरालाको रणवीरलाई भाइ बनाउने चाहना ।