जनवरी १ मा 'रातभरी हुरी' ।

Ratbhari_huri_music_vedioनवोदित गीतकार तथा सँगीतकार अमर लिम्बुको ‘रातभरी हुरी’ गीतको म्युजिक भिडियो जनवरी १ मा रिलिज गरिने भएको छ । नयाँबर्षको अवसरमा गीतको म्युजिक भिडियो रिलिज गरिन लागिएको भिडियो निर्देशक मुनाल शिशिर ले बताए । मुनालका अनुसार सो दिन विभिन्न टेलिभिजनबाट म्युजिक भिडियो सार्वजनिक गरिनेछ ।
गीतमा सन्तोष लामा को स्वर रहेको छ । गीतको म्युजिक भिडियो केहि दिनअघि मात्र केबी फिल्मसको स्टुडियोमा छयांकन गरिएको हो । भिडियोलाई प्रविण घिमिरेको छयांकन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियोमा बिमलेश अधिकारी, अनिता दहाल, सिर्नु अधिकारीले अभिनय गरेका छन ।
यो गीतले आफ्नो करियरमा इट्टा थप्ने काम गर्ने सर्जक अमर लिम्बुको बिश्वास छ ।

Namaste Filmy

Read Previous

‘लोग्ने मान्छे’को अडियो बिमोचन सगै भिडियो गीत रिलिज (भिडियो सहित )

Read Next

यसबर्ष ९ हिन्दी फिल्म सय करोड क्लबमा । विस्तृतमा ।