चितवनमा देखाइयो 'द रियल ग्याङस्टार' ।

[dropcap]चि[/dropcap]तवनका स्थानिय युवाहरुले निर्माण गरेको फिल्म ‘द रियल ग्याङस्टार’को बिशेष च्यारिटी शो गरिएको छ । नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरमा मंगलबार फिल्मको विशेष शो देखाइएको हो । the_real_gangstar_nepali_movieचितवनमा हुने गरेका विभिन्न अपराध र गुन्डागर्दीको कथालाई पर्दामा उतारेको फिल्म हेर्न सयौ दर्शक हलमा पुगेका थिए । फिल्म हेरेपछि स्थानिय युवाहरुको कामलाई सबैले तारिफ गरे । त्यस्तै गायक तथा भिडियो निर्देशक शसान कँडेलले पनि फिल्मको तारिफ गरे । उनले स्थानीय स्तरमा नै यति राम्रो फिल्म बन्नु खुशीको कुरा भएको बताए । यता पत्रकार सन्तोष बस्ताकोटीले स्थानिय युवाहरुको पहिलो प्रयास चित्तबुझ्दो रहेको बताए । तर अझै धेरै कुरा सुधार्नुपर्ने उनले बताए । the_real_gangstar_nepali_movie1 नेहाल राणाले निर्देशन गरेको फिल्ममा निशान गुरुङ, रमेश बस्नेत, अर्जुन सुबेदी, सोनु कश्यप, राकेश सिंह, अनिल चाल्स, नविन बानियाँ, रेशम आले, निरु सिलवाल, हरि भट्ट, ल्याप्टेन थापा, थमन थापा, रोमस राना, प्रकाश गुरुङ, रोहन भण्डारीको अभिनय छ । फिल्मलाई थमन थापा र निशान गुरुङले निर्माण गरेका हुन । अब छिट्टै नै फिल्म सार्वजनिक प्रदर्शनमा ल्याइने निर्माण युनिटको योजना छ ।

Namaste Filmy

Read Previous

हिरो गायब ! तनावमा 'टाइगर' टोली ।

Read Next

'पिके' टेलिभिजनमा हेर्न नपाइने ।