मनिषा कोइरालाको रणवीरलाई भाइ बनाउने चाहना ।

फाल्गुन १३ । बलिउडमाा स्थापित भएकि नेपाली अभिनेत्री मनिषा कोइरालाले आफु रणवीरको दिदी बन्न चाहेको अभिब्यक्ति दिएकि छिन । रियल लाइफमा प्रदर्शनरत नेपाली चलचित्र ‘मेघा’ डेब्यु हिरो सिद्धार्थ कोइरालाको दिदी मनिषाले फिल्म मा रणवीरलाई भाई बनाउन चाहन्छिन । त्यसो त मनिषाले बलिउडका स्थापित हिरोहरु शाहरुख खान, आमिर खान, सलमान खान, मिथुन चक्रवर्ती, अमिताभ बच्चन लगायतका स्टारहरुसंग काम गरीसकेका छन ।

Manisha-Koirala-Ranbir-Kapoorरणवीरको काम आफुलाई मनपर्ने बताउदै मनिषाले पछिल्लो पुस्ताका कलाकारहरुसंग काम गर्ने इच्छा रहेको बताएकि हुन । बलिउडका कयौ योंग अभिनेत्रीहरुले पनि राम्रो काम गरिरहेको उनको बुझाई छ । सन १९९१ मा सुभाष घइको फिल्म सौदागर बाट बलिउड प्रवेश गरेकि मनिषाले मन, जानी दुश्मन लगायतका कयौ सुपरहिट हिन्दी फिल्ममा अभिनय गरेकि छिन । यसका साथै उनले फेरी भेटौला, धर्मा लगायतका नेपाली फिल्ममा समेत अभिनय गरेकि छिन । करिब एक बर्षअगाडि पाठेघरको क्यान्सरको शल्यक्रिया गराएका मनिषा केहि समयको आराम पछि पुन बलिउड फिल्ममा फर्किने तयारीमा छिन । उनी हाल कयौ फिल्मको स्कृप्ट पढिरहेको र स्कृप्ट मन परेमा छिट्टै फिल्ममा देखिने बताएका छन ।

Namaste Filmy

Read Previous

एउटै गोडाले छम्छमी नाच्छीन रोमा न्यौपाने

Read Next

गायक बन्न चाहनेहरुका लागी निर्देशक बिकास आचार्यको अनुरोध : 'गीत गाएर युटुबमा राख्नुहोस' ।