रमेश बने हिरो । परिवारसँगै हेरे पहिलो फिल्म ।

[dropcap]मो[/dropcap]डलिङमा स्थापित हुदै गरेका रमेश बस्नेत अब ठुलो पर्दाको हिरो बनेका छन । चितवनका युवाहरुको निर्माणमा बनेको फिल्म ‘द रियल ग्याङस्टार’ मा उनले मुख्य भुमिकामा अभिनय गरेका हुन । मंगलबार नारायणगढमा उनको डेब्यु फिल्म ‘द रियल ग्याङस्टार’को बिशेष च्यारिटी शो समेत गरियो । उक्त शोमा फिल्म हेर्न रमेश आफ्नो परिवारका साथ पुगेका थिए ।ramesh_basnet_gangstar1 फिल्म हेरेपछि आफ्नो छोराको कामप्रति रमेशकी आमा खुशीले गदगद देखिइन । उनले रमेशलाई अझै राम्रो काम गर्न र सफलता चुम्न आशीर्वादसमेत दिइन । त्यस्तै रमेशका मामा कैलाश दहालले पनि रमेशको कामको प्रशंसा गरे ।
यता दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले पनि रमेश उत्साहित छन । अब अझै यो क्षेत्रमा केहि गर्ने र स्थापित हुने उनले अठोट ब्यक्त गरे । रमेशले मामा कैलाश दहालले यस क्षेत्रमा आउन ठुलो सहयोग गरेकाले उनी आफ्नो भगवान भएको बताए । उनले मामाको गूनलाई कहिल्यै नविर्सने पनि बताए । ramesh_basnet_sashan_kandel1ठुलो पर्दामा जम्नु आफ्नो सपना भएको बताउदै ‘द रियल ग्याङस्टार’ले धेरै कुरा सिकाएको रमेशको भनाई छ । अब अझ मिहेनत र परिश्रम गर्दै फिल्ममा स्थापित हुने उनको चाहना छ ।
त्यस्तै म्युजिक भिडियो र फिल्ममा काम गर्दा फरक अनुभव गरेको पनि रमेशले सुनाए । हालसम्म ८ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका उनको पछिल्लो दुई भिडियो रिलिजको क्रममा छ । बर्दिबासमा जन्मिएका उनले प्रमोद खरेल देखि विभिन्न नयाँ कलाकारहरुको गीतमा मोडलिङ गरिसकेका छन । उनी मोडलिङसँगै सञ्चार क्षेत्रमा समेत आबद्ध छन । ramesh_basnet_modelingतस्वीरहरु: गायक शशान कँडेलसँगै परिवारको साथमा रमेश र गीतमा अभिनय गर्दै रमेश ।

Namaste Filmy

Read Previous

'अझै पनि' ट्रेलर र पोस्टर रिलिज । भिडियो ।

Read Next

टिभी अभिनेत्रीमाथी घरमै बलात्कारको प्रयास ।