नेपाली तारामा रेखाको 'तथास्तु' : तेस्रोले 'रामप्यारी' गाउन पाउने ।

[dropcap]ना[/dropcap]यिका रेखा थापा चर्चित गायन रियालिटि शो नेपाली तारामा सहभागी भएकी छिन । उनी अतिथि निर्णायकको रुपमा नेपाली तारामा उपस्थित भएकी हुन । देशका तीन टेलिभिजनबाट प्रसारण हुने रियालिटि शो मा उनले रिलिजको तयारीमा रहेको फिल्म ‘तथास्तु’को प्रचार गरीन । rekha_thapa_nepali_taraशो मा ‘तथास्तु’को बारेमा बोल्दै उनले फिल्म हेर्न प्रतियोगीहरुसँगै दर्शकलाई पनि आग्रह गरिन । सबिर श्रेष्ठको निर्देशनमा बनेको तथास्तु यहि पौष २५ गतेबाट देशभर रिलिज हुदैछ । होम प्रोडक्सनको फिल्मको बाहेक अन्य फिल्मको पब्लिसिटीमा खासै चासो नदिने रेखा ‘तथास्तु’को पब्लिसिटीमा भने कम्मर कसेर लागिरहेकी छिन ।
त्यस्तै रेखाले नेपाली तारामा तेस्रो हुने प्रतियोगीलाई आफ्नो फिल्म ‘रामप्यारी’मा गीत गाउने अबसर दिने घोषणा गरिन । पहिलो र दोश्रोलाई जहाँ पनि अवसर पाइने तर तेस्रोलाई अवसर पाउन गाह्रो हुने बताउदै उनले यस्तो घोषणा गरेकी हुन । उनले सम्पुर्ण प्रतियोगीलाई सफलताको शुभकामना समेत दिइन ।
यसैसाता छयांकन गरिएको रेखा सहभागी नेपाली तारा नेपाल टेलिभिजनमा यहि शनिबार राति ८: ५० मा प्रसारण हुनेछ । त्यस्तै इमेज टेलिभिजनमा सोमबार राति ८ बजे र नेपाल वानमा बुधबार राति ९ बजे प्रसारण हुनेछ ।

Namaste Filmy

Read Previous

बलिउडका लागी यस्तो रह्यो २०१४ । विश्लेषण ।

Read Next

शंकर बिसीको नाम गिनिज बुकमा ?