आयो रमेशको परिक्षा । भोलीबाट 'माई प्रमिस' ।

लामो झन्झट, तनाव र असमझदारीका बीच अन्तत फिल्म ‘माई प्रमिस’ शुक्रबार अर्थात भोलीबाट लाग्ने भएको छ । फिल्मका नायक तथा निर्माता रमेशचन्द्र राई ले यसलाई आफ्नो परिक्षाको घडी मानेका छन । उनले परिक्षामा आफु सफल हुनेमा बिश्वास पनि ब्यक्त गरे ।my_promise_nepali_movieआफ्नै सहकर्मी निर्माताले फिल्म रिलिजमा जाँगर नदेखाउदा रमेशलाई पर्नु पीर परेको थियो । अहिले भने उनी एक्लैको सक्रियतामै फिल्म रिलिज हुने भएपछि उनी खुशी छन । अरु निर्मातालाई जस्तो टेन्सन पनि उनलाई छैन । उनी भन्छन- ‘मलाई फिल्म नचल्ला, लगानी डुब्ला, दर्शकले नरुचाउला भन्ने कुनै टेन्सन छैन । फिल्म झूरै रैछ, पैसा मात्र खेर गयो भन्ने खालको छैन । त्यसैले फिल्म हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिए मात्र पनि पुग्छ ।’
रमेशले पुर्वमा फिल्मको अत्याधिक माग रहेको पनि बताए । यसअघि नै देशबिदेशका विभिन्न स्थानमा च्यारिटी शो गर्दा राम्रो प्रतिक्रिया पाएकाले पनि फिल्म राम्रो चल्नेमा उनी बिश्वस्त छन । दुई निर्माता टंक लिम्बु र नरकुमार लिम्बुले गरेको बेवास्ता प्रति भने उनी रुष्ट छन । त्यस्तै नायिका केकी अधिकारीले पनि पब्लिसिटीमा साथ नदिदा उनलाई अझ नरमाइलो लागेको बताउछन ।
‘तर दर्शकले अवश्य साथ दिनेछन’- उनले आशावादी अभिब्यक्ति दिए । सुरज सुब्बा नाल्बो निर्देशित फिल्ममा रमेश र केकी सँगै नरकुमार लिम्बु, विल्सन बिक्रम राई लगायतको अभिनय छ । फिल्म भोली अर्थात शुक्रबारबाट प्रदर्शन हुदैछ ।

Namaste Filmy

Read Previous

शालीनदी मेलामा 'झोला' देखाइने ।

Read Next

हिन्दी फिल्म खेल्दै हलिउड स्टार निकोल ?