हिन्दी फिल्म खेल्दै हलिउड स्टार निकोल ?

NICOLE-KIDMANचर्चित हलिउड अभिनेत्री निकोल किडमैन ले हिन्दी फिल्ममा अभिनय गर्न सक्ने बताइएको छ । अजय देवगणको महत्वकांक्षी फिल्म ‘शिवाय’ मा निकोलले एक महत्वपुर्ण भुमिका निभाउन सक्ने सम्भावना छ ।
निकोललाई फिल्म खेल्नका लागी अफर गरिसकेको छ र अहिले प्रोडक्सन हाउससंग सल्लाह भइरहेको छ । बताइएअनुसार निकोलले फिल्ममा काम गर्न सहमति जनाइसकेको छ । तर यसबारेमा निकोलले भने कुनै अभिब्यक्ति दिएकी छैनन ।
अजय देवगण स्वयमले निर्माण गर्न लागेको फिल्मको स्कृप्ट पनि अजयले नै तयार पारीरहेका छन । उनले फिल्मको ९० प्रतिशत कास्ट बिदेशी हुने पनि बताएका छन । फिल्ममा अजयको अपोजिटमा दिलिपकुमारकी भतिजी सायशाले अभिनय गर्नेछिन ।

Namaste Filmy

Read Previous

आयो रमेशको परिक्षा । भोलीबाट 'माई प्रमिस' ।

Read Next

मोदीसँग सन्नी लियोनले त्यस्तो के मागे ?