'माई प्रमिस'को उत्कृष्ट ओपनिङ ।

[dropcap]शु[/dropcap]क्रबार रिलिज फिल्म ‘माई प्रमिस’ले प्रदर्शनको पहिलो दिन उत्साहजनक ब्यापार गरेको छ । फिल्मका निर्माता तथा नायक रमेशचन्द्र राईका अनुसार फिल्मको यो शानदार ओपनिङ कलेक्सन हो । सोचेको भन्दा उच्च कलेक्सन गरेको बताउदै उनले राजधानीमा फिल्मको ९० प्रतिशत अकुपेन्सी देखिएको बताए । my_promise_nepali_movie‘फिल्मले मैले सोचेभन्दा राम्रो ब्यापार गरेको छ । अझै देशका थुप्रै ठाँऊमा फिल्म लागेको छैन । सबैतिर लागेपछि अझै राम्रो रेस्पोन्स आउनेछ’- रमेशले भने । उनले सबैले धोका दिए पनि दर्शकले साथ दिएकोमा खुशी ब्यक्त गरे ।
फिल्मका दुई निर्माताले प्रदर्शनमा चासो नदेखाएको सम्झदै उनले भने- ‘मैले गरेको मिहेनत र संघर्षको फल पाएको छु ।’ पहिलो दिनमा दर्शकले रुचाएका कारण माउथ पब्लिसिटी बढ्ने र अझै फिल्मको कलेक्सन उच्च हुने उनको बिश्वास छ ।
सुरज सुब्बा नाल्बो निर्देशित फिल्ममा रमेशसँगै केकि अधिकारी, विल्सन बिक्रम राई को पनि मुख्य अभिनय छ । लामो समय अघि नै प्रदर्शन गरिने बताइएपनि फिल्म यसै शुक्रबारबाट मात्र रिलिज भएको थियो ।

Namaste Filmy

Read Previous

‘आभाष’ मेरो लागि अर्को होस्टेल : सलोन

Read Next

नेपालमा खिचिएको हिन्दी फिल्मको यस्तो अर्थ ।