दयाहाङ अब 'होटल साहुजी' ।

ECHCHHYA_nepali_movieथियटर हुदै फिल्ममा समेत स्थापित बनिसकेका प्रखर अभिनेतालाई अब होटल साहुजीको रुपमा देख्न सकिने भएको छ । उनी रिलिजको तयारीमा रहेको फिल्म ‘इच्छा’मा उक्त भुमिकामा देखा परेका हुन । यो भुमिका गर्न पाउदा बेग्लै अनुभुति भएको दयाहाङको भनाई छ ।
उनले अर्का हिरो सुवास थापा र निर्देशक मुनाल घिमिरेसँग पहिलोपटक काम गरेको भए पनि सहज भएको बताए । उनले भने- ‘उनीहरुसँग काम गर्दा निकै रमाइलो भयो पारिवारिक वातावरणमा नै चलचित्र सकियो ।’
दयाहाङका अनुसार इच्छा समाजिक प्रेम कथा हो । फिल्मलाई मुनाल घिमिरेले निर्देशन गरेका हुन । फिल्ममा दयाहाङ र सुवास सँगै दिपशिखा शाही ओम प्रतिक लगायतको अभिनय रहेको । फिल्म माघ २ गतेबाट प्रदर्शनमा आउदैछ ।

Namaste Filmy

Read Previous

नेपालमा खिचिएको हिन्दी फिल्मको यस्तो अर्थ ।

Read Next

ज्योतिलाई देखाउन के को लाज ?