चैत्र २७ मा ‘फूलै फूलको मौसम तिमीलाई’

दिनेश डिसीको निर्देशन रहेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । नया बर्षको अवसर परेर चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ आगामी चैत्र २७ गते देश भरका सिनेमा घरमा प्रदर्शनमा आउने भएको छ ।
fulai fulmko mausam timilae1दिनेश डिसीले आफ्नै होम प्रोडक्सन हाउस द् दिनेश डिसी प्रोडक्सन बाट निर्माण यसको चलचित्र चैत्र २७ मा अन्य ठुला तिन चलचित्र सग भिडन्त हुने भएको छ । ‘नाइँ नभन्नु ल ३ ’, “सुन्तली हबल्दार”र “सेतो बाघ”जस्तो सम्भावना बोकेको चलचित्र सोहि मितिमा प्रदर्शन हुदैछ भने अर्को सम्भावना बोकेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ यहि मितिमा प्रदर्शन हुने भए पछि चैत्र २७ लाई बर्षको मात्रै हैन नेपाली फिल्मको ईतिहासमा नै ठुलो भिडन्तको रुपमा लिन थालिएको छ ।
fulai fulko mausam timlaeचलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ नीता ढुंगाना र आमेश भण्डारी मुख्य भूमिका रहेको छ ।चलचित्रमा सुरेश अधिकारी र अमुल कार्कीको संगीत ,रामजी लामिछाने र नरेश बीर सिंहको नृत्य निर्देशन,पुरुषोत्तम प्रधानको छायांकन ,एनबी महर्जनको द्धन्द्ध रहेको छ ।

Namaste Filmy

Read Previous

संचारकर्मीले हेरे "जिन्दगी रक्स "

Read Next

३०० करोड कमाउने पहिलो फिल्म बन्यो 'पिके' ।